०९ साउन २०८३, शनिबार

लगातार चार दिन सार्वजनिक बिदा

जेठ ८, २०८३
काठमाडौं
लगातार चार दिन सार्वजनिक बिदा

सरकारले जेठ १४ गते बिदा दिएसँगै लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । 

गृह मन्त्रालयले बकर ईद (ईद-उल-अज्हा) पर्वको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिएको हो । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिति २०८२/११/१८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको उल्लेख गरिएको छ।

१५ गते गणतन्त्र दिवस छ । गणतन्त्र दिवसमा पनि सार्वजनिक बिदा हुने गरेको छ ।

१६ गते शनिबार छ । १७ गते आइतबार पनि बिदा नै छ । 

सरकारको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन बिदा हुने गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्