२६ जेठ २०८३, मंगलबार
लम्बियो एमाले सचिवालय बैठक

एमाले सचिवालय बैठक- कमीकमजोरी सच्याएर अघि बढ्न नेताहरूको सुझाव

जेठ ९, २०८३
काठमाडौं
एमाले सचिवालय बैठक- कमीकमजोरी सच्याएर अघि बढ्न नेताहरूको सुझाव

नेकपा एमालेको सचिवालयमा रहेका नेताहरूले  कमीकमजोरी सच्याएर अघि बढ्न सुझाव दिएका छन् ।

कमीकमजोरीहरू कहाँ कहाँ छन्, त्यसको समीक्षा गरेर जहाँ जहाँ सच्याउनुपर्ने हो र ज-जसका कमजोरी छन् ती  हटाएर पार्टीलाई एकमना, एकता एकताबद्ध बनाउनुपर्ने नेताहरूले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु भक्तपुरमा बसेको सचिवालय बैठकमा शनिबार महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठले आफ्ना धारणा राखेका छन् ।

यसैगरी ५ जना सचिवले समेत आफ्ना धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार नेताहरूले अहिले नेपालमा जे संकट आइलागेको छ त्यो संकटका विरुद्ध पार्टीले एकताबद्ध भएर अघि बढ्नुपर्ने र तलैसम्मका कार्यकर्तामा देखिएको उदासीनतालाई ऊर्जामा बदल्नुपर्ने धारणा राखेका छन् ।

बाँकी ४ जना सचिवले भोलि आइतबार बोल्ने भट्टले बताए । उनका अनुसार सचिवालय बैठक आइतबार बिहान ११ बजेबाट शुरू हुनेछ ।

आइतबार कार्यविभाजन लगायतका विभिन्न निर्णय हुने र अध्यक्ष ओलीले आफ्नो निर्देशनात्मक भनाइ राखेपछि बैठक समापन हुने उपमहासचिव भट्टले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्