३० असार २०८३, मंगलबार

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक [सूचीसहित]

जेठ ११, २०८३
काठमाडौं
समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक [सूचीसहित]

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चारवटा समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। 

सरकारले २०८० पुस १९ गते समस्याग्रस्त घोषणा गरेका घेदङु, तपाई हाम्रो, नागरिक कल्याण र आईडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।

समितिको वैशाख २३ गतेको निर्णयअनुसार यी सहकारीबाट ऋण लिएर नतिर्ने व्यक्तिहरूको नामावली सार्वजनिक गर्दै ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। समितिले उपलब्ध गराएको विवरणअनुसार सयौँको संख्यामा रहेका ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनिएको छ।

सार्वजनिक गरिएको सूचनामा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीहरूलाई समेत सप्रमाण उपस्थित हुन आग्रह गरिएको छ। 

तोकिएको समयभित्र ऋण चुक्ता नगर्ने वा सम्पर्कमा नआउने ऋणीहरूको हकमा प्रचलित कानुन बमोजिम कडा रूपमा असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समितिले स्पष्ट पारेको छ। 

salt training

कमेन्ट गर्नुहोस्