
काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस हुलाकी राजमार्गअन्तर्गत पर्ने कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ४ बरईमा मंगलबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको हो ।
कपिलवस्तु प्रहरी प्रमुख (एसपी) मनोहर भट्टले घाइतेको भैरहवा र कोही कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, अन्य १७ जना सामान्य रहेको एसपी भट्टले लोकान्तरलाई जानकारी दिए ।