०८ साउन २०८३, शुक्रबार

क्यान्सर अस्पतालमा औषधि अभाव

जेठ १३, २०८३
काठमाडौं
क्यान्सर अस्पतालमा औषधि अभाव

 नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने महत्वपूर्ण औषधिको अभाव भएको छ । विशेषगरी कार्बोप्लाटिन र सिसप्लाटिन नामक औषधिको विश्वव्यापी अभावका कारण अस्पतालमा समेत समस्या देखिएको हो ।

अस्पतालका अनुसार यी औषधि बिना केमोथेरापी प्रभावकारी हुन नसक्ने भएकाले बिरामीको उपचारमा असर परेको छ । दैनिक करिब २०० बिरामीले केमोथेरापी लिनुपर्ने भए पनि औषधि अभावका कारण उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले जानकारी दिए । 

कतिपय बिरामीले बाहिरबाट औषधि ल्याइरहेका छन् । तर दर्ता नभएका, सिल तोडिएका तथा उच्च तापक्रममा ल्याइएका औषधिले स्वास्थ्यमा जोखिम बढाउने चिकित्सकको चेतावनी छ ।

अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र विश्व स्वास्थ्य सङ्गठनसँग औषधि उपलब्ध गराइदिन आग्रह गरेको जनाएको छ । केही औषधि बङ्गलादेशबाट आयात भएको र छिट्टै अस्पतालमा आउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्