
नेपाल सरकारले हरेक वर्ष सार्वजनिक गर्ने 'आर्थिक सर्वेक्षण'को कभर पेज (पहिलो पृष्ठ)मा यसपालि केही फरक देखिएको छ।
अघिल्लो वर्ष (आर्थिक सर्वेक्षण २०८१/८२) को कभरमा केही तथ्यांकहरूसहित चार्ट राखिएको थियो ।
तर, यसपालि अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को कभरमा भने गोल्डेन कलरको नेपाली सिक्का आकारमा उद्योग-व्यवसाय र उत्पादनसँग सम्बन्धित कलकारखानाको चित्र समावेश गरिएको छ ।
आर्थिक सर्वेक्षणको स्वरूपमा आएको यो परिवर्तनले कतिपयको ध्यान तानेको छ ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले यो परिवर्तनलाई लक्षित गर्दै एउटा टिप्पणी गरेका छन् ।
परिवर्तन कभर पेजबाट शुरू हुने भन्दै तर, त्यो परिवर्तन केवल श्रृङ्गारिक मात्र नहोस् भन्दै शुभकामना दिएका छन् ।