२२ असार २०८३, सोमबार

आर्थिक सर्वेक्षणको 'कभर' मा फेरिएको चित्र

जेठ १३, २०८३
काठमाडौं
आर्थिक सर्वेक्षणको 'कभर' मा फेरिएको चित्र

नेपाल सरकारले हरेक वर्ष सार्वजनिक गर्ने 'आर्थिक सर्वेक्षण'को कभर पेज (पहिलो पृष्ठ)मा यसपालि केही फरक देखिएको छ। 

अघिल्लो वर्ष (आर्थिक सर्वेक्षण २०८१/८२) को कभरमा केही तथ्यांकहरूसहित चार्ट राखिएको थियो ।

तर, यसपालि अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को कभरमा भने गोल्डेन कलरको नेपाली सिक्का आकारमा उद्योग-व्यवसाय र उत्पादनसँग सम्बन्धित कलकारखानाको चित्र समावेश गरिएको छ ।  

आर्थिक सर्वेक्षणको स्वरूपमा आएको यो परिवर्तनले कतिपयको ध्यान तानेको छ ।

पूर्वअर्थमन्त्री रामेश्वर खनालले यो परिवर्तनलाई लक्षित गर्दै एउटा टिप्पणी गरेका छन् ।

परिवर्तन कभर पेजबाट शुरू हुने भन्दै तर, त्यो परिवर्तन केवल श्रृङ्गारिक मात्र नहोस् भन्दै शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्