
नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा साबिक विजेता इरानसँग पराजित भएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित बन्न पुग्यो ।
इरानसँग पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित भएको नेपाल उपाधि होडबाट बाहिरिएको छ ।
अब नेपालले शुक्रबार तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ । समूह चरणमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो ।
भारत भने पहिलो सेमिफाइनलमा काजाकिस्तानसँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।