२० असार २०८३, शनिबार

थप ६ सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने

जेठ १५, २०८३
काठमाडौं
थप ६ सुरुङमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने

सरकारले देशका विभिन्न क्षेत्रमा थप ६ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन अगाडि बढाउने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले थानकोट–चित्लाङ र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता प्रक्रिया अघि बढाइने जानकारी दिए ।

यस्तै, जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्म, खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर तथा चिसापानी–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन पनि अगाडि बढाइने बजेटमा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्