०३ साउन २०८३, आइतबार
संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रधानमन्त्रीको जवाफ– 'लिपुलेकबारे भारत र चीनसँग मात्र होइन, इंग्ल्यान्डसँग पनि कुरा गरेका छौं'​

जेठ १७, २०८३
काठमाडौं
प्रधानमन्त्रीको जवाफ– 'लिपुलेकबारे भारत र चीनसँग मात्र होइन, इंग्ल्यान्डसँग पनि कुरा गरेका छौं'​

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले लिपुलेक र लिम्पियाधुरा विवाद 'टेबल टक'बाटै समाधान हुने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेकी पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा बालेनले भारत, चीन र बेलायतसँग यस विषयमा कुरा गरिएको बताए ।

'लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा भारतलाई अफिसियल रूपमा डिप्लोमेटिक नोट पठाएका छौं र जवाफ पनि आएको छ,' बालेनले भने, 'दुवै सरकारले इतिहासविद् र भूमिसम्बन्धी सरोकार भएका व्यक्तिहरूलाई राखेर टेबल टक गर्ने कुरा भएको छ।'

यो ब्रिटिस इन्डियाकालदेखिको समस्या भएको भन्दै उनले यस विषयमा बेलायतसँग पनि कुरा गरिएको बताए ।

'भारत र चीन मात्र नभएर हामीले इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छाड्दादेखिको समस्या अहिलेसम्म भइरहेकाले उहाँहरूको पनि सरोकार हुनुपर्छ भन्ने कुरा राखेका छौं । टेबल टकबाट नै समाधान हुन्छ भन्ने मेरो विश्वास छ,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्