२७ जेठ २०८३, बुधबार

प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन

जेठ २०, २०८३
काठमाडौं
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिका कामकारबाहीका सम्बन्धमा समन्वय एवं सहजीकरण गर्न सभापति ओजस्वी शेरचनको अध्यक्षतामा आठ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले समितिमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी उक्त उपसमिति गठन गरेको हो ।

नवगठित उपसमितिमा सदस्यहरु पुकार बम, प्रभाव ढकाल, महावीर पुन, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल, लेखजङ्ग थापा र सीता थपलिया छन् ।

बैठकले समितिको कामकारबाहीलाई गतिशील बनाउने उद्देश्यले कार्यक्षेत्रभित्रको विषय अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी उपसमितिमा सांसद कामनी कुमारी, चन्द्रमोहन यादव, तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजङ्ग थापा, शिक्षासम्बन्धी उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, रमेशकुमार मल्ल र राधिका रम्तेल छन् ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी उपसमितिमा सांसद कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, प्रमिलाकुमारी गच्छदार र महावीर पुन, सूचना तथा सञ्चारसम्बन्धी उपसमितिमा सांसदहरु खुसबु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल तथा खेलकुदसम्बन्धी उपसमितिमा सांसद अच्युतम् लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य छन् ।

उपसमितिलाई प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार विषयगत क्षेत्रमा अध्ययन गर्ने, सो सिलसिलामा सम्बन्धित निकायबाट विवरण माग गर्ने तथा ती निकायका पदाधिकारीलाई उपसमितिमा आमन्त्रण गरी छलफल गर्ने र समितिलाई भएका अधिकार प्रयोग गर्न सक्ने कार्यादेश दिइएको सभापति शेरचनको भनाइ छ । उपसमितिको कार्यावधि छ महिना छ ।

salt training

कमेन्ट गर्नुहोस्