२१ जेठ २०८३, बिहीबार

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जेठ २१, २०८३
बुटवल
रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीद मार्गअन्तर्गत कालापहर क्षेत्रमा  जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जीप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्