०५ साउन २०८३, मंगलबार
गृहमन्त्री गुरुङको निर्णय

गृहमन्त्री गुरुङको निर्णय- नारायणहिटी हत्याकाण्डको थप छानबिन अगाडि बढाउने

जेठ २६, २०८३
काठमाडौं
गृहमन्त्री गुरुङको निर्णय- नारायणहिटी हत्याकाण्डको थप छानबिन अगाडि बढाउने
गृहमन्त्री सुधन गुरुङ ।

सरकारले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे फेरि अनुसन्धान गर्ने भएको छ ।

गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै यसअघिका अनुसन्धान प्रतिवेदन अध्ययन गर्दै थप छानबिनको प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् ।

‘अब हरेक फाइल खोलिन्छ’, गृहमन्त्री गुरुङले भने । 

उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको परिवार मारिएको थियो ।

यसअघि तत्कालीन सरकारले बनाएको छानबिन आयोगले राजा वीरेन्द्रका छोरा दीपेन्द्रले घटना घटाएको आरोप लगाएको थियो । यद्यपि उक्त हत्याकाण्ड हाल पनि रहस्यमै छ । 

दीपेन्द्र स्वयं पनि उक्त घटनामा मारिएका थिए । 

त्यसपछि राजा बनेका ज्ञानेन्द्र शाहले लामो समय शासन सत्ता चलाउन पाएनन् ।

तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलको आव्हानमा २०६२ चैतमा जनआन्दोलन भयो । 

जनआन्दोलनको बलमा २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भयो । ज्ञानेन्द्रले शासनसत्ता जनतालाई नै फिर्ता गरेको घोषणा गरे । 

त्यसपछि २०६४ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संसद्को पहिलो बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्