०९ साउन २०८३, शनिबार

सुनको मूल्यमा निरन्तर पहिरो, आज ५ हजार १०० रुपैयाँले घट्यो

जेठ २८, २०८३
काठमाडौं
सुनको मूल्यमा निरन्तर पहिरो, आज ५ हजार १०० रुपैयाँले घट्यो

स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ९० रुपैयाँले घटेको छ ।

महासंघले निर्धारण गरेको नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, मंगलबार सुनको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ तथा चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य घट्दो क्रममा रहेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार सुन प्रतिऔँस ४ हजार १०० अमेरिकी डलर र चाँदी प्रतिऔँस ६३ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्