२२ असार २०८३, सोमबार

सडकमा हिँडिरहेका बालकलाई जीपले ठक्कर दिँदा घाइते, चालक पक्राउ

असार ३, २०८३
काठमाडौं
सडकमा हिँडिरहेका बालकलाई जीपले ठक्कर दिँदा घाइते, चालक पक्राउ

बाजुराको बडिमालिका नगरपालिका–७ चुथीस्थित कोल्टी–मार्तडी सडक खण्डमा जीपको ठक्करबाट एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मंगलबार दिउँसो करिब ४:४० बजे सडकमा हिँडिरहेका बडिमालिका–७ निवासी रामबहादुर विकका १४ वर्षीय छोरा दिलिप विकलाई जीपले ठक्कर दिएको हो । दुर्घटनामा उनको टाउको र हातमा चोट लागेको छ ।

घाइते दिलिपलाई तत्काल आफन्तले उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याएका थिए । अस्पतालमा उनको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेको जीप र चालकको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटिएको थियो भने थप अनुसन्धानका लागि प्रहरी निरीक्षक नरेशबहादुर शाहीको नेतृत्वमा अर्को टोली परिचालन गरिएको थियो ।

प्रहरीले राति ९:२५ बजे बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट भे १ च ४०८० नम्बरको जीप फेला पारी नियन्त्रणमा लिएको छ । जीप चालक सल्यानको बागचौर नगरपालिका–७ निवासी २४ वर्षीय गोपाल वलीलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्