०३ साउन २०८३, आइतबार

यसरी बनाउनुस् स्वादिष्ट सोयाबीन चाट

यसरी बनाउनुस् स्वादिष्ट सोयाबीन चाट

काठमाडौं, २६ पुस — सोयाबीन प्रोटीनको सबभन्दा राम्रो स्रोत हो । बच्चाहरूलाई सोयाबीनको खानेकुरा दिने गर्नुस् । यहाँ हामी सोयाबीन चाट बनाउन सिकाउँदैछौं । 

सामग्री
सोयाबीन (उमालिएको) २५० ग्राम
कालो चना (उमालिएको) १०० ग्राम
प्याज ७५ ग्राम
गोलभेंडा ९० ग्राम
उमालेको आलु १०० ग्राम
कालो नून एक चम्चा
मरिचको धूलो आधी चम्चा
कागतीको रस डेढ चम्चा

विधि
एउटा भाँडोमा सोयाबीन, कालो चना, प्याज, गोलभेंडा, आलु, कालो नून, मरिच र कागतीको रस हालेर मज्जाले मिसाउनुस् । 

सोयाबीन चाट तयार भयो । पस्केर खानुस् । 
एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्