१२ असार २०८३, शुक्रबार

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: कोशीमा निशा मेहताको सबैभन्दा बढी मत

असार ११, २०८३
काठमाडौं
रास्वपा केन्द्रीय सदस्य निर्वाचन: कोशीमा निशा मेहताको सबैभन्दा बढी मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार कोशी प्रदेशको क्लस्टरमा स्वास्थ्यमन्त्री समेत रहेकी नेतृ निशा मेहताले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ, जसका लागि २० जनाले प्रतिस्पर्धा गरेका थिए । कुल २ हजार ९ सय ५९ जना मतदाता सहभागी भएको यो निर्वाचनमा निशा मेहताले १८६१ मत प्राप्त गर्दै आफ्नो अग्रता कायमै राखेकी छिन् ।

कोशी प्रदेशकै अन्य उम्मेदवारहरूमा विश्वराज पोखरेलले १४६० मतका साथ दोस्रो स्थानमा रहेका छन् भने शोभा कार्कीले १२०४ मत प्राप्त गरेकी छिन् । यस्तै, कल्पना थापाले ९३९, सुजता तामाङले ८३९, लालविक्रम थापाले ७८३, प्रेमलाल चौधरीले ७५८, प्रकाश पाठले ७४३ र विरेन्द्र श्रेष्ठले ६३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राजकुमार राईले ६२४, पारसमणी गेलालले ६१३, धनेश्वर साहले ५६७, नविन खड्काले ५५५, प्रजना राईले ५३९ र भूमिनन्द बरालले ५२६ मत ल्याएका छन् । कोशी क्लस्टरकै अन्य उम्मेदवारहरू पिताम्बर तिमिल्सिनाले ४९७, रमेश प्रसाद ओझाले ४८८, रितुराज लिम्बूले ४४४, कृष्णबहादुर चुनवाङ लिम्बूले ४०० र सिर्जना लामाले ३२४ मत प्राप्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्