३१ असार २०८३, बुधबार

रिहा भएपछि डा. गोविन्द केसीले भने– आदेश सकारात्मक, अनसन भोलिसम्म

पुस २६, २०७४
रिहा भएपछि डा. गोविन्द केसीले भने– आदेश सकारात्मक, अनसन भोलिसम्म

काठमाडौं, २६ पुस– प्राध्यापक डाक्टर गोविन्द केसीले आफूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।  
अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएसँगै सर्वोच्च परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले अनसन भने भोलिसम्म जारी रहने बताए । यद्यपी भोलि अनसनबारे थप निर्णय लिइने केसीको भनाई छ । 
‘आदेश सकारात्मक छ, अनसन भोलिसम्म जारी रहन्छ’, केसीले भने, ‘थप अनसन बस्ने या तोड्ने भन्ने बारे भोलि नै थप निर्णय हुन्छ ।’
अदालतबाट केसी सिधै त्रिवि शिक्षण अस्पताल गएका छन् । जहाँ केसी अनसन बस्नेछन् । सोमबार प्रहरीले अदालतको मानहानी गरेको अभियोगमा प्रहरीले  त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ परेको थियो । 
बुधबार न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासले बुधवार केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको थियो । 
बयानका क्रममा डा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन हुनुपर्ने माग गरेका थिए । 

केसीको माग बमोजिम अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । 
इजलासले पराजुलीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएका दुवै नागरिकताको प्रतिलिपि मगाउन तथा न्यायपरिषद्बाट शैक्षिक योग्यता र उमेर सम्बन्धी कागजात झिकाउन आदेश दिएको हो । 

प्रधानन्यायाधीश पराजुली विरुद्ध अभिव्यक्ती दिएर अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले सोमवार सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  सो मुद्दामा सर्वोच्चले केसीलाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्