२३ असार २०८३, मंगलबार

संसद्ले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर कानून निर्माण गर्छ : सभामुख अर्याल

असार २१, २०८३
काठमाडौं
संसद्ले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर कानून निर्माण गर्छ : सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानून निर्माण गर्ने बताएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले कानून निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गरिने बताए ।

४२ वर्ष अघि चार जना विद्यार्थीबाट शुरू भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे ।

नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्