२२ असार २०८३, सोमबार

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

असार २२, २०८३
कपिलवस्तु
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तुको​ वाणगङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

वाणगङ्गा नगरपालिका-१० गोगापुर बस्ने ४० वर्षीय दासु थारूको आइतबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ पडरीया बस्ने ७० वर्षीय बुद्ध अहिर आफ्नै घरमा मृत फेला परेका छन् । उनी आइतबार मृत फेला परेका हुन् ।

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्