३१ असार २०८३, बुधबार

एकै मण्डपमा सजिए १४ भाइ बेहुला ! एकैदिन १४ छोराको विवाह

असार २९, २०८३
काठमाडौं
एकै मण्डपमा सजिए १४ भाइ बेहुला ! एकैदिन १४ छोराको विवाह

हामी सबैलाई थाहा छ, भारतमा विवाहलाई शुरूदेखि नै एउटा निकै विशेष र पवित्र परम्पराका रूपमा हेरिन्छ। यहाँ हरेक धर्म र संस्कृतिअनुसार आ-आफ्नै रितिरिवाजमा विवाह सम्पन्न हुने गर्छन्। तर, हालै मध्य प्रदेशको सतना जिल्लामा एउटा यस्तो घटना घटेको छ, जसले सबैलाई अचम्ममा पारेको छ।

अक्सर विवाहमा लाखौँ-करोडौँ रुपैयाँ खर्च हुने गर्छ। तर, मध्य प्रदेशका एक किसान परिवारले आफ्नो करोडौँको खर्च बचाउन एउटा यस्तो अनौठो र ऐतिहासिक निर्णय लिए, जसको मिसालले यतिबेला पूरै देशको ध्यान आकर्षित गरेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सतनाका ती किसानले आफ्ना १४ जना छोराहरूको विवाह एकै दिन, एकै मण्डपमा सामूहिक रूपमा आयोजना गरेका हुन्। यो अनौठो सामूहिक विवाह यतिबेला जताततै चर्चाको मुख्य विषय बनेको छ।

विवाहमा न त कुनै विलासी रिसोर्ट वा होटल बुक गरिएको थियो, न त कुनै तडकभडक र भव्य बरियात (जन्ती) नै निकालिएको थियो। यसको सट्टा, परिवारले फजुल खर्च कम गर्न र पैसा बचाउन निकै सरल र व्यावहारिक उपाय अपनाएको दैनिक भास्करले जनाएको छ ।

रिपोर्टहरूका अनुसार, जन्ती आउन-जान कुनै महँगा गाडी नभई केवल दुईवटा ट्र्याक्टर–ट्रलीको प्रयोग गरिएको थियो। जसमा एउटा ट्र्याक्टरमा सबै बेहुलाहरू सवार थिए भने अर्को ट्र्याक्टरमा सबै बेहुलीहरूलाई राखिएको थियो।

परम्परागत खर्चिलो विवाहको भन्दा निकै फरक र मौलिक शैलीको यो व्यवस्थाका कारण यो अनौठो विवाहको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीब्र रूपमा भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्