३० असार २०८३, मंगलबार

विवाहपछि दुलही घर जान नमानेपछि सहमतिमै छुट्टिए बेहुला–बेहुली

असार ३०, २०८३
काठमाडौं
विवाहपछि दुलही घर जान नमानेपछि सहमतिमै छुट्टिए बेहुला–बेहुली
फाइल तस्वीर

भारतको हिमाचल प्रदेशस्थित ऊना जिल्लाको गगरेट क्षेत्रमा घटेको घटनाले यतिबेला धेरैको ध्यान तानेको छ। विवाहको मण्डपमा लगनगाँठो कसिएको केही घण्टामै एक नवविवाहित जोडीको सम्बन्ध टुङ्गिएको हो ।

दैनिक भास्करको समाचारअनुसार परम्परागत धार्मिक रीतिरिवाज र विधिपूर्वक दुवैको विवाह सम्पन्न भएको थियो। तर, विवाह सम्पन्न भएलगत्तै दुई परिवारबीच अचानक असमझदारी र मतभेदको स्थिति सिर्जना भयो ।

विवाद यतिसम्म बढ्यो कि विवाह सकिएपछि दुलहीले आफ्नो नयाँ घर (ससुराली) जान अस्वीकार गरिन् । दुलहीले घर जान नमानेपछि दुवै परिवारबीच निकैबेर भनाभन र छलफल भएको थियो । कुरा मिल्न नसकेपछि अन्ततः यो मामिला स्थानीय प्रहरी चौकीसम्म पुगेको समाचारमा उल्लेख छ । 

प्रहरीकै रोहबरमा दुवै पक्षका परिवार र आफन्तबीच लामो छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि अन्ततः कानुनी झमेला वा मुद्दामामिलामा नगई आपसी सहमतिमै अलग हुने निर्णयमा उनीहरू पुगेको समाचारमा उल्लेख छ । विवाह भएको केही घण्टामै बेहुला र बेहुलीले आपसी समझदारीमा वैवाहिक सम्बन्ध अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेर उनीहरू आ–आफ्नो बाटो लागेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्