०१ साउन २०८३, शुक्रबार

एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को नेपाल र भारतमा औपचारिक शुरूआत

साउन १, २०८३
काठमाडौं
एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को नेपाल र भारतमा औपचारिक शुरूआत

व्यवसाय र भिडियो कन्टेन्ट क्रिएटरहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट जोड्ने अन्तर्राष्ट्रिय प्लेटफर्म ‘Veel’ ले नेपाल र भारतमा आफ्नो सेवा औपचारिक रूपमा विस्तार गरेको छ। 

नेपाली–अमेरिकी उद्यमी दिलीप ढकालद्वारा स्थापित यो प्लेटफर्मले दक्षिण एसियाली बजारलाई लक्षित गर्दै काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आफ्नो सेवा शुभारम्भको घोषणा गरेको हो। 

अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति जनाइसकेको यस कम्पनीले दक्षिण एसियाली क्षेत्रमा गरेको यो पहिलो औपचारिक विस्तार हो।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपालका प्रविधि, स्टार्टअप, व्यवसाय तथा कूटनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सम्माननीय प्रमुख अतिथिका रूपमा सहभागी नेपालका लागि अमेरिकी नियोगका कार्यवाहक प्रमुख स्कट उर्बोमले अमेरिकी उद्यमशीलता र नेपाली प्रतिभालाई जोड्दै नयाँ व्यावसायिक अवसर सिर्जना गर्न यो प्लेटफर्मले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए ।

यस्तै, नेपालका लागि कोस्टारिकाका मानार्थ महावाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनीष थापाको पनि कार्यक्रममा विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै Veel का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले नेपाल र भारतमा सेवा सुरु गर्नु दक्षिण एसियाको क्रिएटर अर्थतन्त्रको भविष्य निर्माण गर्ने दीर्घकालीन प्रतिबद्धता भएको बताए । उनले क्षेत्रका लाखौँ प्रतिभाशाली क्रिएटर र व्यवसायहरूलाई विश्व स्तरीय प्रविधिमार्फत सहकार्य गर्ने, सँगै विकास गर्ने र विश्व बजारमा प्रतिस्पर्धा गर्ने पूर्वाधार निर्माण गर्न प्लेटफर्मले मद्दत गर्ने विश्वास व्यक्त गरे।

null

यो प्लेटफर्मले परम्परागत रूपमा इमेल, मेसेजिङ एप, भिडियो सम्पादन सफ्टवेयर र छुट्टाछुट्टै भुक्तानी प्रणालीमा निर्भर हुनुपर्ने झन्झटिलो प्रक्रियालाई विस्थापित गर्दै सम्पूर्ण क्रिएटर अभियान व्यवस्थापनलाई एउटै स्मार्ट कार्य प्रवाहमा समेटेको छ। 

यस प्रणालीअन्तर्गत व्यवसायहरूले आफ्ना उत्पादन र आवश्यक कन्टेन्टको विवरण प्लेटफर्ममा राख्छन्, जहाँ क्रिएटरहरूले सिधै आवेदन दिन सक्छन् वा एआई-आधारित सिफारिस प्रणालीमार्फत छनोट हुन सक्छन्। छनोट भएका क्रिएटरहरूले यसै प्लेटफर्ममा उपलब्ध भिडियो सम्पादन उपकरण र लाइसेन्स प्राप्त सङ्गीतको प्रयोग गरी गुणस्तरीय कन्टेन्ट तयार गर्छन्। तयार भएको भिडियोलाई ब्रान्डले समीक्षा र अन्तिम स्वीकृति दिएपछि 'Veel वालेट' मार्फत क्रिएटरले स्वचालित रूपमा भुक्तानी पाउने व्यवस्था रहेको छ। साथै, कन्टेन्टको लाइसेन्स तथा प्रयोग गर्ने अधिकार पनि यहीँबाट सुरक्षित रूपमा व्यवस्थापन गरिन्छ।

नेपाली बजारमा आर्थिक कारोबारलाई सहज र सुरक्षित बनाउन Veel ले नेपालका प्रमुख भुक्तानी नेटवर्कहरूसँग साझेदारी गरेको छ। यसअनुसार व्यवसायहरूका लागि NCHL मार्फत र क्रिएटरहरूका लागि Hamro Pay मार्फत भुक्तानीको सुविधा मिलाइएको छ भने व्यवसाय र क्रिएटर दुवैले Fonepay, eSewa र Khalti मार्फत स्थानीय भुक्तानी सुविधा लिन सक्नेछन्। 

हाल विश्वभरका ४५० भन्दा बढी ब्रान्ड, ५ लाख ५० हजारभन्दा बढी प्रमाणित क्रिएटर र १२१ भन्दा बढी देशहरू जोडिएको यस प्लेटफर्मको सेवा नेपाल र भारतका व्यवसायहरूले वेबसाइटमार्फत र क्रिएटरहरूले मोबाइल एपमार्फत सजिलै प्रयोग गर्न सक्नेछन्।

salt training

कमेन्ट गर्नुहोस्