×

NMB BANK
NIC ASIA

कस्तो बनाउने प्रदेशका संसद भवन र सरकारी कार्यालय ?

माघ ६, २०७४

NTC
Premier Steels

विश्वका कयौं देशका संसद भवन तथा सरकारी कार्यालयहरु धेरैका लागि आकर्षणको केन्द्र बनेका छन् । बेलायत, जर्मनी, हंगेरी, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्डलगायत मुलुकका संसद भवनहरु यसको उदाहरण हुन् । त्यस्तै दिगो अर्थात आफैमा धानिन सक्ने विशेषता (Sustainable Features) भएको डेनमार्कको कोपेनहेगनमा अवस्थित अत्याधुनिक यु.एन. सिटी पनि संसारकै एउटा नमूना मानिन्छ । क्यालिफोर्नियाको मिस्ट्री हाउस, बाकुको सास्कृतिक केन्द्र, अष्ट्रियाको कुन्सथाउस आदि-आदि । एकपटक निर्माण सम्पन्न भइसकेपछि पुनः बनाइरहन वा सुधार गर्न निकै कठिन हुन्छ, अतः बेलैमा बुद्धि पुर्‍याउन उपर्युक्त हुन्छ । 

Muktinath Bank


 जर्मनीको बर्लिनस्थित संसद भवन(रेइसट्याग)को भित्री भाग


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालका सातवटै प्रदेशमा बनाइने संसद र अन्य सरकारी भवनहरु बनाउँदा नेपालको आफ्नो संस्कृति र कला झल्किने गरी विशेष किसिमले बनाउन सकिन्छ । यसको लागि महङ्गो, जटिल र ठूला संरचना बनाउनुपर्छ भन्ने छैन । हाम्रा आफ्नै डिजाइनरहरुबाट सम्भव भएसम्म स्वदेशकै ढुंगा, काठलगायतका निर्माण सामाग्रीहरु प्रयोग गरेर कम खर्चिलो र नेपाली कला झल्किने गरी आकर्षक डिजाइनमा बनाउन सकिन्छ । यसरी निर्माण गर्दा आफैँमा धानिन सक्ने विशेषतासहित बनाउने गरी सार्वजनिकरुपमा डिजाइनहरु माग गर्ने र उत्कृष्ट भएकोलाई सबै प्रदेशमा संसद भवन र अन्य महत्वपूर्ण सरकारी कार्यालयहरुको भवन निर्माण गर्ने गरी लागू गर्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

कोपेनहेगनस्थित यू एन सिटी, गुगल तस्वीर


यसो गर्दा निम्न कुराहरुमा विचार पुर्‍याउनु पर्दछ- 

१) निश्चित मापदण्ड तोकेर नेपाली कम्पनी वा इन्जिनियरहरुबाट डिजाइन लिई उत्कृष्ट ठहरिएकालाई  छनौट गर्ने र आवश्यक परे थप परिमार्जन गरी लागू गर्ने ।
२) कपी पेस्टको सिद्धान्त अपनाउने अर्थात् एकै प्रकारको नक्सा तथा डिजाइन सातवटै प्रदेशमा लागू गर्ने ।
३) हाल भवनहरु भइरहेका शहरको केन्द्रभन्दा केही टाढा एउटै कम्पाउण्डभित्र संसद भवन तथा अन्य सरकारी भवनहरु बनाउने जसले गर्दा एउटै कम्पाउण्डवालले र सिमित सुरक्षाकर्मीले पुग्नुका साथै बिजुली, पानी, टेलिफोन, ढल व्यवस्थापन, सुरक्षा व्यवस्थापन आदिमा सहयोग पुग्ने ।

४) ढलको प्रशोधनको व्यवस्था, कोठा तथा हलहरुमा चिसो गराउनका लागि गारो तथा छतमा पाइपहरुबाट नियमित चिसो पानीको प्रवाह गर्ने आधुनिक प्रविधिको व्यवस्था गर्ने ।

५) सेवाग्राहीहरुसँग नियमित सरोकार हुने कार्यालहरुको लागि मुख्यद्वारबाट प्रवेश नगरी झ्यालबाट नै सेवा दिने व्यवस्था गर्ने ।

६) शहरको ट्राफिकको चापलाई यथासक्य कम गर्ने व्यवस्था गर्न र हाल भएको बस्तीलाई अझ अव्यवस्थित हुन नदिनेतर्फ ध्यान दिने । 

७) सबै प्रदेशमा एउटै आकार र क्षेत्रफलको जग्गा चयन गर्ने जसले गर्दा नक्शालाई कपी पेष्टको रुपमा लागू गर्न सकियोस् ।

८) तातो चिसो व्वस्थापन गर्न बत्ती, पानी आदिका लागि दिगो अर्थात् धानिन सक्ने विशेषताहरु अवलम्बन गर्ने ।

(अर्याल डेनमार्कस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x