×

NMB BANK
NIC ASIA

मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका बिरामीले मासिक भत्ता तत्काल नपाउने, किन दिएन अर्थले रकम ?

माघ ९, २०७४

NTC
Premier Steels

काठमाडौं, ९ माघ- सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेपनि अर्थ मन्त्रालयले बजेट रोकिदिएको छ । 
स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग २ लाख जति रहेको अनुमानित फाइल अर्थमा पेश गरेर २० करोड रकम मागेको थियो ।

Muktinath Bank

२ लाख बिरामीलाई मासिक ५ हजारका दरले भत्ता दिँदा अर्थतन्त्रले धान्न नसक्ने र भत्ता के कस्तो आधारमा दिने हो भन्ने कार्यविधि तथा मापदण्डसमेत नभएको भन्दै अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयको फाइल रोकिदिएको छ । स्वास्थ्यले स्पष्ट मापदण्ड नै नबनाइ बजेट मात्र माग गरेको अर्थको ठहर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । सोहीअनुरुप अर्थमन्त्रालयसँग बजेट माग गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले मन्त्रिपरिषद्ले गरेको निर्णय अर्थ मन्त्रालयले कानूनी मान्यतासरह मान्नुपर्ने भए पनि चालु वर्षमा बजेट नभएकोले तत्काल विनियोजन गर्न नसकेको बताए । 

Vianet communication

‘मन्त्रिपरिषद्ले निर्णय मात्रै गरेको छ । प्रष्ट कार्यविधि नै बनाएको छैन । अर्थका प्रवक्ता पोखरेलले लोकान्तरसँग भने, ‘स्वास्थ्य मन्त्रालयले मागेको बजेट अफ बजेट हो । अफ बजेट त राष्ट्रको ढुकुटीमा प्रर्याप्त रकम भयो भने न दिने हो ।’

स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको थियो ।  रकम भुक्तानी गर्ने कार्यविधि नै नबनाई हचुवाको भरमा रकम मागेको भन्दै अर्थले दिन नमिल्ने भनेको हो ।
बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । तर, अर्थ मन्त्रालयका बजेट महाशाखाका उपसचिव आनन्द भट्टराई प्रचारका लागि कामचलाउ सरकारले वितरणमुखी योजना ल्याएको बताउँछन् ।

‘अहिलेको प्रदेश र स्थानीय सरकारलाई बजेट दिन सकेका छैनौँ । दीर्घकालीन रुपमा नसोची वितरणमुखी योजना बनाएर हुन्छ ? मन्त्रिपरिषद्को निर्णयप्रति अर्थको सहमति थिएन,’ उपसचिव भट्टराईले भने ।
उनले प्रश्न गरे, ‘खल्तीमा पैसा छैन, दिन्छु भन्ने निर्णय मात्रै गरेर हुन्छ ? कुनै कार्यविधि बनाउन पर्दैन ?’

सरकारले क्यान्सर र स्पाइनल इञ्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार तथा प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

सरकारले विभिन्न ८ प्रकारका रोगको उपचारका लागि आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब १८ करोड रकम विनियोजन पनि भइसकेको छ । स्वास्थ्य मन्त्रालयले उक्त रकमले नपुगेको भन्दै थप ८० करोड रुपैयाँ माग गर्न लागेको अर्थका उपसचिव भट्टराईले बताए । 

‘सरकारले ८ प्रकारका रोगको उपचारमा प्रतिबिरामी एक लाख सहयोग गरेकै छ । तीमध्ये तीन प्रकारका रोगीलाई मासिक ५ हजार दिने निर्णयले अर्थतन्त्रलाई दीर्घकालीन असर पुग्नसक्छ, यसमा सरकारले सोचेर निर्णय गर्नुपर्ने हो,’ उनले भने, ‘अन्य पाँच प्रकारका बिरामीले पनि ५ हजार पाउनुपर्छ भनेर माग गरे भने अर्थले स्रोत व्यवस्थापन कसरी गर्ने ? अन्य रोगका बिरामीले काम गर्दा दिने कि नदिने ? यो समस्याको विषय छ । स्वास्थ्य मन्त्रालयले माग मात्रै गरेर बजेटको व्यवस्थापन कसरी गर्ने ?’

अर्थ मन्त्रालयले बजेट रोकेसँगै माघ महिनादेखि नै स्वास्थ्य मन्त्रालयले दिने भनेको भत्ता वितरण अन्यौलमा परेको छ । अर्थले हचुवाको भरमा रकम नदिने भनेपछि यो वर्ष ती रोगका बिरामीले भत्ता नपाउने भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x