०२ साउन २०८३, शनिबार

मोरङमा सय किलो खुर्सानीको हवन, न खार न गन्ध !

चैत १३, २०७४
मोरङमा सय किलो खुर्सानीको हवन, न खार न गन्ध !

विराटनगर, १३ चैत– तपाईलाई अचम्मा लाग्न सक्छ कुनै ठाउँमा एकै दिन एक सय किलो भन्दा बढी खुर्सानीको होम दिईयो भन्दा । 

त्यस्तै भएको छ मोरङको बेलबारी नगरपालिका–६ मा । यहाँ एकै दिन एक सय भन्दा बढी किलो खुर्सानीको होम गरिएको हो । 

बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगत १४ वर्षदेखि खुर्सानीको होम गरिने गरिएको छ । 

 हुन पनि १÷२ ढिँडी सुकेको खुर्सानी  डढाउँदा भागाभाग हुनुपर्ने अबस्थामा एक सय किलो खुर्सानी होम गर्दाको अवस्था के भयो होला ? भन्ने प्रश्न मनमा उव्जन सक्छ । 

तर यहाँ होम गरिएको खुर्सानीबाट खार आउँदैन । यो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानी हवन गर्दै आएका छन् । 

चैते दशैं अवधिभर विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने  गरिन्छ । दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दा समेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रबाट खोर्सानीको हवन गरि धार्मिक लाभ लिन भक्तजन आउने गरेका छन्  । 

सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवन कुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन । 

यसवर्ष १३ औं पटकको हवन कमला साधना महायज्ञकोरूपमा आयोजना गरिएको हो । राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक कोइरालाले बताए । खोर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पुरा हुने विश्वास बढेपछि वार्षिक रूपमा खोर्सानीको आहुती दिने र हवन गर्ने चलन छ । अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटक आउने गरेका छन् । 

नयाँ दिल्लीबाट आएका निरज पाण्डेले केही वर्षयता आफू निरन्तर हवनमा संलग्न भइरहेको बताएका छन् ।  यसपटकको हवन अवलोकन स्थानीय तहक जनप्रतिनिधि मात्र हैन भारत र काठमाडौंबाट सयौं श्रद्धालुको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्