×

NMB BANK
NIC ASIA

राष्ट्रपतिको ‘स्वार्थ’ले आईजीपी बढुवामा झमेला, सहमति खोज्न ओली, प्रचण्ड र बादलको बैठक

चैत २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ चैत-सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवामा झमेला बढेको छ । 

Muktinath Bank

वर्तमान आईजीपी प्रकाश अर्यालले बुधवारबाट अवकाश पाउन लागेको अवस्थामा समेत नयाँ आईजीपी को हुने भन्ने विषयमा अन्यौल कायम छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले बुधवार नै नयाँ आईजीपी नियुक्त गरिसक्नुपर्ने हुन्छ । तर एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न नसक्दा मंगलवार बिहान बसेको बैठकले आईजीपी नियुक्तिका सम्बन्धमा कुनै निर्णय गर्न सकेन । 


Advertisment
Nabil box
Kumari

सहमति खोज्न ओली, प्रचण्ड र बादलको बैठक

Vianet communication

नेपाल प्रहरीका प्रमुख नियुक्तिका सम्बन्धमा सहमति खोज्न मंगलवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच छलफल हुने जनाइएको छ । 

आईजीपी नियुक्तिमा सत्तारुढ दलबीच नै मतभेद बढेपछि ३ जना नेताको बैठक बस्न लागेको हो । ओली, प्रचण्ड र बादलबीचको बैठकबाट कसलाई आईजीपीमा बढुवा गर्ने भन्ने विषयमा निर्णय हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

नेपाल प्रहरीको आगामी महानिरीक्षकका लागि ३ जना नायव निरीक्षक (डिआईजी)को नाम चर्चामा छ । वरीयताका आधारमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल, दुई नम्बरमा रहेका रमेश खरेल र तीन नम्बरमा रहेका पुष्कर कार्की प्रहरीको आईजीपी हुने दौडमा छन् । 

आईजीपीमा राष्ट्रपतिको स्वार्थ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल वरीयताका आधारमा एक नम्बरमा रहेका खनललाई आईजीपी बनाउनुपर्ने पक्षमा छन् । तर प्रधानमन्त्री केपी ओलीमाथि भने पुस्कर कार्कीलाई आईजीपी बनाउनुपर्ने दबाब बढेको एमाले नेताहरू बताउँछन् । 

राष्ट्रपति विद्या भण्डारीका नातेदार भनिएका कार्कीलाई आईजीपी बनाउन ओलीमाथि दबाब बढेको हो । ‘राष्ट्रपति ज्यूबाटै कार्कीलाई आईजीपी बनाउन दबाब आएको छ,’ प्रधानमन्त्री ओलीनिकट एक एमाले नेताले भने, ‘प्रधानमन्त्रीज्यूको आफ्नै कुनै खास छनोट छैन ।’

केही एमाले नेताहरूले भने रमेश खरेललाई आईजीपी बनाउनुपर्ने दबाब दिँदै आएका छन् । पहिलेदेखि नै पार्टीलाई सहयोग गरेको भन्दै एमाले नेताहरूले खरेललाई आईजीपी बनाउनुपर्ने दबाब दिँदै आएका छन् ।

कार्कीको नाममा पनि एमालेकै केही नेताको असहमति छ । एमालेनिकट मानिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरमा पुष्कर कार्कीको मूख्य भूमिका रहेको भन्दै केही एमाले नेता उनलाई आईजीपी बनाउन नहुने पक्षमा छन् ।

गुण्डानाइके चरीको इन्काउन्टर हुँदा कार्की महानगरीय प्रहरी अपराध महाशाखाको प्रमुख थिए । अपराध महाशाखाबाटै खटिएको प्रहरीको टोलीसँग भिडन्त हुँदा चरीको मृत्यु भएको प्रहरीको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x