×

NMB BANK
NIC ASIA

४१ प्रतिशत महिला घरमै हुन्छन् सुत्केरी, एक लाख जीवित जन्ममा २ सय ३९ आमाको मृत्यु

बैशाख २, २०७५

NTC
Premier Steels

काठमाडौं, २ बैशाख– ‘सुरक्षित मातृत्व हामी सबैको दायित्व’ भन्ने नाराका साथ भोलि देशभर विभिन्न कार्यक्रम गरी सुरक्षित मातृत्व दिवस मनाइदै छ ।

Muktinath Bank

दिवसको अवसरमा स्वास्थ्य महाशाखाले सोमबार त्रि.वि. शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्तामा विशेष समारोहको आयोजना गर्दैछ । यस्तै साँझ पाँच बजे माइतिघर मण्डलामा गर्भवती भएकै कारण ज्यान गुमाएका महिलाहरुको संझनामा दिप प्रज्वलन कार्यक्रमो आयोजना गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनको २०१६ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जीवित जन्ममा २ सय ३९ जना आमाको मृत्यु हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेपालमा मातृ मृत्युदर उच्च रहेकाले मातृ मृत्युदरलाई कम गराउन सरकारले हरेक वर्ष सुरक्षित मातृत्व दिवसको रुपमा जनचेतनामुलक कार्यक्रम गर्ने गरेको छ । 

Vianet communication

सरकारले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत गर्भवती महिलाले ४ पटक स्वास्थ्य परिक्षण गराउँनुपर्ने, स्वास्थ्यसंस्थामा नै सुत्केरी गराउनुपर्ने कार्यक्रम लागु गरिएको परिवार स्वास्थ्य महाशाखाकी डा.पुण्या पौडेलले जानकारी दिइन् ।  

‘मातृ मृत्युदरलाई कम गर्न सरकारले कार्यक्रमहरु संचालन गरीरहेको छ । तर पनि मातृमृत्युदर हामीले सोचेअनुरुप कम हुन सकिरहेको छैन’ उनले लोकान्तरसँग भनिन्, ‘नेपालका ४१ प्रतिशत महिलाहरु अझैपनि घरमै सुत्केरी गराउँने गरेका छन् । यसले उनीहरुको स्वास्थ्य जोखिममा परेको छ ।’

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले स्वास्थ्यसंस्थामा सुत्केरी गराउँने महिलालाई हिमाली जिल्लामा १५ सय, पहाडी जिल्लामा एक हजार र तराइका जिल्लाहरुमा पाँच सय रुपैंया भत्ता र गर्व अवस्थामा चार पटक स्वास्थ्य जाँच गराएबापत चार सय पनि दिने गरको छ । 

नेपालको भौगोलिक विकटता,ग्रामिण क्षेत्रमा शिक्षा र जनचेतनाको कमी र आर्थिक अभावका कारण महिलाहरु अझैपनि असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेको डा. पौडेलको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x