×

NMB BANK
NIC ASIA

कतारमा पाँच महिना काम गरेको तलब नपाएपछि रित्तो हात फर्किए ५ नेपाली युवा

बैशाख १३, २०७५

NTC
Premier Steels

काठमाडौं, १३ वैशाख-गत वर्ष मंसिर ११ गते ‘सिकम इन्टरनेशनल कन्ट्र्याक्ट’ भन्ने कम्पनीमा मजदूरी गर्न पुगेका ५ नेपाली तलब नपाएपछि रित्तो हात फर्किएका छन् । सर्लाहीको वाग्मती नगरपालिकाबाट ५ महिनाअघि वैदेशिक रोजगारी लागि कतार पुगेका सूर्यबहादुर ठकुरी,  रेशमकुमार लोप्चन,  भेषबहादुर थापा मगर,  भुजेन्द्रबहादुर ठकुरी र  कृष्णबहादुर ठकुरी मंगलबार रित्तो हात नेपाल फर्केका हुन् ।

Muktinath Bank

७५ हजारका दरले ‘वर्ल्ड नेट ह्युमन रिसोर्सेस’लाई पैसा बुझाएर गएका पीडितहरूले पाँच महिनासम्म काम गरेको तलब पाएका थिएनन् । ‘शुरुको २० दिनजति खान दियो, त्यसपछि अर्कै कम्पनीमा पठाइदियो । त्यहाँ हामीले सिमेन्ट मुछ्ने काम गर्यौं’, रित्तो हात नेपाल फर्केका कृष्णबहादुर ठकुरीले लोकान्तरसंग गुनासो गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले काम गर्ने कम्पनीको साहु भारतको केरलाको थियो, उसले पैसा दिने कुरै गर्थेन । तीन महिना पछि एक महिनाको तलब दियो । तर त्यो सम्झौता गरिएको रकम भन्दा धेरै कम थियो । ‘१००० रियल दिने भनेर काममा लगाइएको थियो, तीन महिनामा जम्मा ७०० रियल हातमा थमायो’, ठकुरीले बताए ।


Advertisment
Nabil box
Kumari

पीडितहरूले जाने बेलामा म्यानपावर दलाल ‘नरेश ठकुरी’लाई एक जनाको रु ७५ हजारको दरले रकम बुझाएको, तर रसिद भने जम्मा दश हजारको लिएका थिए । उता तलब नपाएपछि यता आफन्तजनहरूले अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहायतामा वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

Vianet communication

वैदेशिक रोजगार विभाग र म्यानपावरको संयुक्त प्रयासमा उनीहरूलाई वैशाख ११ गते नेपाल ल्याइएको थियो ।

नेपाल फर्किने बेलामा दुई महिनाको तलब भत्ता दिने कुरा गरिए पनि खाएको र बसेको खर्च भन्दै सबै पैसा कम्पनीले काटिदियो । एक जनाको हातमा जम्मा ३०० रियल अर्थात ८ हजार नेपाली रुपैयाँ हाल्दिएर नेपाल पठायो ।

पीडितहरूले अहिले आफू जाँदा लागेको खर्च र पाँच महिनाको तलब भत्ता सबै पाउनुपर्ने भन्दै म्यानपावरलाई बारम्बार ताकेता गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x