×

NMB BANK
NIC ASIA

वीर अस्पतालको चरम लापरवाही : ढोकैमा बेवारिसे शव, झस्किँदै हिँड्छन् बिरामी

बैशाख २७, २०७५

NTC
Premier Steels

काठमाडौं, २६ वैशाख– वीर अस्पतालले बिरामी र कुरुवाहरू आवतजावत गर्ने बाटोमै शव राखेर चरम लापरवाही गरेको छ । अस्पतालको भुइँतलास्थित आकस्मिक कक्षको दायाँतर्फ इमर्जेन्सी एक्स–रे, ल्याब तथा ब्लड बैंक जाने बाटोमै शव राखिएको छ ।

Muktinath Bank

आइतबारदेखि अस्पतालमा सरसफाइ अभियान शुरु भएकाले अस्पतालको माथिल्लो तलाहरूमा जानका लागि पनि सोही बाटो प्रयोग गरिएको छ । वीर अस्पतालमा उपचारका लागि आउने सयौं बिरामीहरू अहिले त्यही बाटो हिँडिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीहरू आवतजावत गरिरहेको अस्पतालको भर्‍याङको छेउमा सेतो कपडाले बेरेर शव राखिएको छ । शवलाई कपडाले त बेरिएको छ, तर राम्रोसँग नछोपिँदा टाउको नै देखिन्छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

बिहीवार हामी त्यहाँ पुग्दा बिरामीहरू प्रवेशद्वारमै रहेको शवलाई अनौठो मानेर हेर्दै हिँडिरहेका थिए । शव रहेको स्थानमा पुगेपछि अधिकांशले छिटोछिटो पाइला चाल्दै गरेको देखिन्थ्यो ।

ढोकैमा शव राख्दा अस्पतालमा आउने बिरामीमा पर्न सक्ने मानसिक र शारीरिक असरको ख्याल अस्पतालले गरेको देखिँदैन ।

यसबारे अस्पताल प्रशासनसँग प्रश्न गर्दा ठाउँ नभएको भन्दै पन्छिन्छन् । अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. भोलाराम श्रेष्ठले सो शव बेवारिसे रहेको र अन्यत्र राख्ने ठाउँ नहुँदा त्यहीँ राखेको बताए ।

‘शव भएको बाटो हिँड्दा तुरुन्तै इन्फेक्सन भइहाल्दैन, शवलाई छोयो भने मात्र संक्रमणको डर हुने हो,’ उनले भने, ‘शव गृह नै छैन त कहाँ राख्नु ? यहाँ जिउँदो बिरामी राख्ने ठाउँ त छैन ।’

ती व्यक्तिलाई बिरामी अवस्थामा बुधबार दिउँसो दुईजना व्यक्तिले वीर अस्पतालको आकस्मिक कक्षमा ल्याएर छाडिदिएको श्रेष्ठले जानकारी दिए । अस्पतालमा वेबारिसे बनेका उनको कलेजोमा देखिएको समस्याका कारण बुधबार साँझ मृत्यु भएको श्रेष्ठले बताए ।

प्रहरीका अनुसार शवको सनाखत त भएको छ, तर लिन कोही आएको छैन । शव विराटनगरका राजकुमार महर्जनको रहेको अस्पतालमा खटिएका प्रहरी इञ्चार्ज वीरेन्द्र खनालले जानकारी दिए ।

उनले भने, ‘हामीले अनुसन्धान गरीरहेका छौं । मृतकका ज्वाइँसँग सम्पर्क भएको छ, उनकी श्रीमती पनि रहेको खबर पाएका छौं, उहाँहरू आएपछि प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउँछौं ।’

अस्पतालमा आउने अघिकांश बेवारिसे बिरामीको मृत्यु

वीर अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डा. श्रेष्ठले वीर अस्पतालमा आउने अधिकांश बेवारिसे बिरामीको मृत्यु हुने गरेको बताए । दैनिक दुई–तीनजना बेवारिसे बिरामी नटुट्ने वीरमा आफन्त नभएपछि राम्रोसँग हेरचाह नहुँदा मृत्यु हुने गरेको उनको भनाइ छ ।

‘बेवासिरे बिरामीको उपचारका लागि भनेर हामीसँग छुट्टै बजेट छैन, अस्पतालमा भएको सेवा त निःशुल्क गर्छौं, तर बाहिरबाट औषधि ल्याइदिनुपर्‍यो भने कसले ल्याइदिन्छ ?’ उनले प्रश्न गरे ।

अधिकांश बेवारिसे बिरामी आफन्तले नै छाडेर हिँडेकाहरू छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x