×

NMB BANK
NIC ASIA

डा. उपेन्द्र देवकोटालाई भेट्न ३ हजार शुभेच्छुक पुगे अस्पताल, शुभेच्छाले भरिए ३ पुस्तिका !

जेठ १२, २०७५

NTC
Premier Steels

काठमाडौं, १२ जेठ – बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई बेलायतबाट नेपाल फिर्ता ल्याइएको एक महिना पुग्न लागिसकेको छ ।  

Muktinath Bank

पित्तनलीमा समस्या देखिएका डा. देवकोटालाई बेलायतबाट वैशाख १५ गते नेपाल ल्याइएको थियो । डा. देवकोटाको स्वास्थ्य अवस्थामा सुधार नआएको न्यूरो अस्पतालले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतको किङ्स कलेज हस्पिटलमा ५ महिना उपचार गराएपछि आफ्नै अस्पतालमा उपचार गराउने इच्छा राखेर डाक्टर देवकोटा स्वदेश फर्किएका थिए ।


Advertisment
Nabil box
Kumari

न्यूरो अस्पतालमा ल्याइएपछि डा. देवकोटासँग भेटघाट गर्न करीब एक सातासम्म पूर्ण रोक लगाइयो । एक सातापछि मात्रै अस्पतालले डा. देवकोटाका आफन्त र शुभेच्छुकहरूलाई समय मिलाएर भेट्ने व्यवस्था गरेको थियो ।

Vianet communication

डाक्टर देवकोटालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्री तथा पूर्वमन्त्रीहरू, आफन्तहरू र डाक्टर देवकोटाले उपचार गराएर निको पारेका सयौं बिरामीहरू समेत न्यूरो अस्पतालमा पुगेका थिए ।
हालसम्म ३५ सयभन्दा बढीले न्यूरो अस्पतालमा नै पुगेर डाक्टर देवकोटाको स्वास्थ्यलाभको कामना गरिसकेको डा. देवकोटाका भाइ वसन्त देवकोटाले बताए ।

उनले भने, ‘एक दिनमा दुईसयसम्म शुभेच्छुकहरू अस्पतालमा उहाँलाई भेट्न आउनुहुन्छ, दुई साताको अवधिमा ३५ सयभन्दा बढी शुभेच्छुकहरु आइसक्नुभयो ।’

अस्पतालले डाक्टर देवकोटालाई भेट्न आउने शुभेच्छुकहरूका लागि आगन्तुक पुस्तिकाको व्यवस्था गरेको छ । उक्त पुस्तिकामा अस्पतालमा पुगेका  शुभेच्छुकहरूले  डा. देवकोटाका लागि मार्मिक शब्दमा स्वास्थ्य लाभको कामना गरेका छन् । डाक्टर देवकोटाका शुभेच्छुकका शुभेक्षाले ३ वटा आगन्तुक पुस्तिकाका पानाहरू भरिइसकेका छन् ।

आगन्तुक पुस्तिकामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि डा. देवकोटाले उपचार गरी निको बनाएका व्यक्तिहरूको मार्मिक शुभेच्छाहरू छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x