×

NIC ASIA

चुक्का को पीडादायी २५ वर्ष– 'खसेको पाठेघरलाई हातैले भित्र पसाउँथें'

जेठ १४, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १४ जेठ–मुगुकी ४६ वर्षीया चुक्का नेपालीलाई २५ वर्ष अघिदेखि पाठेघरमा समस्या देखियो । २०५० सालमा जेठी छोरी जन्मिएपछि शारीरिक कमजोरीका कारण चुक्काको पाठेघर योनी बाहिर निस्कन थालेको थियो  । तर लाज र डरले गर्दा यस्तो समस्या उनले पतिलाई पनि भन्न सकिन्न् । 

Muktinath Bank

जेठी छोरीको जन्मपछि नै पाठेघर खस्ने समस्या देखिएको भएपनि उनले बर्षेनी दुई छोरीहरु जन्माइन् ।  प्रत्येक वर्ष बच्चा जन्माउदा उनको शारीरिक अवस्था थप कमजोर बन्दै गयो ।
‘रातभरी ढाड र तल्लो पेट दुख्थ्यो, छटपटीमै रात बित्थ्यो,  खसेको पाठेघरलाई कपडा राखेर हातले पेटभित्र पसाउँथे,’ उनले पाठेघर खस्दाको पीडादायिक क्षण सम्झादै भनिन्, ‘एकछिन भित्र गएजस्तै हुन्थ्यो, त्यसपछि पाठेघर फेरि बाहिरै निस्किन्थ्यो ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साहुको खेतबारीमा काम, घाँस दाउरा, मेलापात र घरको चुलोचौको गर्नु चुक्काको दैनिकी थियो । पाठेघर खस्ने समस्या देखिएको तीन वर्ष भइसकेको थियो । असैय्य पीडा हुन थालेपछि चुक्काले आफ्नो श्रीमान समक्ष डराइ–डराइ समस्या सुनाइन् । 


Advertisment
Nabil box
Kumari

‘जेठी छोरी जन्मिदा नै पाठेघर खसेको रैछ, उनले लाज मानेर आफ्नो व्यथा लुकाइराखिन्,’ श्रीमतीलाई सुम्सुम्याउदै उनका पति रंगवीर नेपालीले लोकान्तरसँग भने, ‘३ वर्षपछि मात्रै मैले थाहा पाए ।’
पाठेघर खसेको थाहा पाएपनि  गाउँमा साहुको काम र काठदाउरा गरेर जसोतसो परिवार पालेका रंगवीरले श्रीमतीलाई उपचार गराउन सकेनन् ।

Vianet communication

२०५४ सालबाट फेरि उनले प्रत्येक वर्ष तीन छोराहरुलाई जन्म दिइन् । पाठेघर खस्ने समस्या भएकी चुक्काले ६ जना सन्तान जन्माउदा उनको शारीरिक अवस्थ्या निकै कमजोर बन्दै गयो । मेलापात र घरकै काम समेत गर्न नसक्ने भएपछि  रंगवीरले श्रीमतीलाई उपचार गराउन मुगुको ठिनीमा रहेको स्वास्थ्य चौकीमा लगे । तीन घण्टा हिडेर स्वास्थ्य चौकीमा उपचारको लागि पु¥याए पनि चिकित्सकहरुले उपचार हुन सक्दैन भन्दै फर्काएको रंगवीर सम्झन्छन् ।

‘गाउँमा शिविर आएको छ भन्ने सुन्ने वित्तिकै काम नै छोडेर श्रीमतीको उपचार हुन्छ कि भनेर लैजान्थे तर शिविरमा आउने डाक्टरहरुले उपचार हुँदैन भनेर पठाइदिन्थे ।’ 

पतिको कुरामा चुक्काले पनि थपिन् ‘यहा बत्ति छैन, अप्रेशन गर्ने औजार छैन भनेर फर्कादिन्थें । ठिनीमा ठूलो डाक्टर आएका छन् रे भन्ने वित्तिकै जाने र चेक गर्ने आउने गरायौं ।  शिविर आउँदा कति धाइयो धाइयो ।’ तर उनीहरुले निराशा बाहेक केही पाएनन् ।

अप्रेसन गर्ने तयारी हुँदा रगत अभावले फर्किएको त्यो दिन

ठिनीमा शिविर सञ्चालन हुँदा काठमाडौंबाट गएका एक चिकित्सकले एकपटक गाउँमा नै अप्रेसन  गरेर पाठेघर फाल्न मिल्ने बताए । वर्षौदेखि उपचारको लागि कयौं पटक शिविरमा धाएकी चुक्का उपचार हुने भयो भनेर खुसी भइन् । चिकित्सकहरुले पनि शिविरमै अप्रेसनको तयारी गरे । तर दुई पाउण्ड रगत नपाएकै कारण अप्रेसन गर्न बसेको ठाउँबाट उठेर फर्कनु परेको चुक्काले बताइन् ।

‘अप्रेसन गर्ने भनेर स्लाइन लगादिए, डाक्टरले आँखाहरुले हेरे, श्रीमान्लाई बोलानु भने, मैले अर्को मान्छेलाई बलोउन लगाए,’ चुक्काले मन अमिलो बनाउँदै भनिन्, ‘श्रीमान्लाई डाक्टरले दुईपोका खुन ल्याउन भने, त्यस्तो विकट गाउँमा कसरी पाउनु खुन ?कस्ले दिन्थ्यो र मलाई, अप्रेसन गर्न स्लाइन लाएर सुतिरहेको थिए । खुन ल्याउन नसकेर त्यतिबेला हुन लागिसकेको उपचार भएन ।’

त्यतिबेला पनि नेपाली दम्पत्ती निराश भइर घर फर्किए । पत्नीको पीडा देखेर रंगवीरले पनि हाँस्न विर्सिसकेका थिए । तर पनि उपचार हुने आसा मारेका थिएनन् । गाउँका दाजुभाइसँग ऋृण मागेर रंगवीरले गत बैशाख पहिलो साता पत्नीलाई उपचारको लागि जुम्मामासमेत लगे । जुम्मामा डाक्टर आउने आसामा एकसातासम्म होटलमा बस्दा ऋण गरेर ल्याएको पैसा मात्रै सकियो । तर डाक्टर आउने निश्चत नै भएन । स्वास्थ्य चौकीले उपचार गर्ने मेशिन विग्रेको र डाक्टर आउन दुईसाता लाग्ने बताएपछि उनीहरुले उपचार नै नगरी फर्किन पर्‍यो ।

यसरी पाइन् चुक्काले उपचार

२५ वर्षसम्म उपचार  नपाएर बसेकी चुक्काको विषयमा सञ्चार माध्यमहरुमा समाचार आयो । सञ्चार माध्यमहरुमा समाचार आएपछि अमेरीकामा बस्ने सृजना  उप्रेतीले चुक्काको उपचारको लागि ५० हजार रुपैंया अमेरीकाबाट  पठाइन् । स्थानीय पत्रकार र प्रमुख जिल्ला अधिकारीले चुक्काको हातमा ५० हजार राखेर उपचारको गराउनु भनेर बैशाख २७ गते काठमाडौं पठाए । सहयोग रकम सहित काठमाडौं हिडेपछि चुक्काले पाठेघरको उपचार हुने आसा फेरि पलायो । 

काठमाडौंको बुढानीलकण्ठमा रहेको पवित्र समाज सेवा नेपाल नामक समाजिक संस्थाको संरक्षणमा रहेर चुक्काको एक साता अघि थापाथलीमा रहेको स्त्रीरोग तथा प्रसुति गृहमा अप्रेसन भयो ।  
‘यहीको म्याडमले अस्पतालसम्म लगिदिनुभयो, ६ दिनसम्म अस्पतालमा बस्यौं,’ रंगवीरले खुसी हँुदै भने, ‘अस्पतालमा खर्च नलाग्ने रैछ, डाक्टरले त पाठेघरमा क्यान्सर हुन लागिसकेको रैछ भन्नुभयो, ढिला भएपनि उपचार गरेर पत्नीको ज्यान बाच्यो ।’

२५ वर्ष अघिदेखी योनी बाहिर निस्केर बसेको पाठेघरको उपचार  भएपछि चुक्का अहिले निकै खुसी छिन् । 

‘अहिले पाठेघर फालेपछि अलि सजिलो भाछ, औषधी खाँदै छु, दुख्न त अहिले पनि दुख्छ, औषधि खाँदा दुख्दैन,’ चुक्काले भनिन्, ‘उपचार गर्न नपाएको भए म घरमै मर्थें होला ।’

नेपाली दम्पत्ती अहिले बुढानीकण्ठ नगरपालिका–४ मा चण्डेश्वरीमा नै बस्दै आएका छन् । रंगवीर पत्नीको हेरचाहमा खटिएका छन् । पत्नीको कपाल कोरिदिने,नुहाइदिने, खाना र औषधि  खुवाउने काम उनी आफै गर्छन् । 
‘बुढाले नुहाइदिन्छन्, खाना, औषधी खाने बेला उनलाई नै थाहा हुन्छ,’ चुक्काले भनिन्, ‘भर्खरै मलाई पनि नुहाइदिए, आफुले पनि नुहाए । माया गर्छन् बुढाले अरुको जस्तो जाडखाने लोग्ने थिए भने त मैले के उपचार गर्न पाउथेर, मरिसक्थे होला ।’

तीन छोरीहरुले आफैंले विवाह गरिसकेको बताएका रंगवीरले तीन छोराहरु गाउँमा रहेको सुनाए । श्रीमतीको अप्रेसन गरेको घाउ निको भएपछि मुगु फर्किने उनको भनाइ छ । निकै मुस्किलले काठमाडौं ल्याएर पत्नीको उपचार गराउन पाएकोमा खुसी हुदै रंगवीरले भने, ‘पाठेघर खस्ने समस्या भएपछि काम गर्न नहुने रैछ, त्यतिबेला केही थाहा थिएन, अब घर लगेपछि पत्नीलाई केही काम लगाउँदिन, आफै दुःख गरेर भएपनि खुसीसँग पाल्छु ।’

मुगुकी चुक्का नेपाली त प्रतिनिधि पात्र मात्रै हुन् । सरकारले पाठेघरको उपचार निशुल्क भनेपनि ग्रामिण क्षेत्रमा चुक्का जस्तै सयौं महिलाहरु उपचारको पहुँच बाहिर छन् । उपचार गर्ने स्वास्थ्यसंस्थासम्म जाने खर्चको अभावमा  रोगलाई पालेर बस्नुपर्ने उनीहरुको बाध्यता छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x