×

NMB BANK
NIC ASIA

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेलको सजाय माफीको प्रयास तत्कालिन बाबुराम भट्टराईको पालामा पनि भएको थियो ।  तर त्यतिबेला सर्वोच्चले उक्त सिफारिस कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि ढुंगेलको सजाय माफीको प्रकृया रोकिएको थियो । 

Muktinath Bank

यस पटक पनि सर्वोच्चमा उनको सजाय माफी विरुद्ध सुनुवाई चलिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढुंगेलको जेलमा रहँदाको पछिल्लो आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गणतन्त्र दिवसको अवसर पारेर कैद मिनाहा गर्न सिफारिस गर्यो । उक्त सिफारिस विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । उक्त रिट उपर सुनुवाई जारी रहेकै बखत राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलको कैद मिनाहा स्वीकृत गर्नुभएको हो ।


Advertisment
Nabil box
Kumari

गणतन्त्र दिवसको अवसरमा ढुंगेल लगायत ८४० कैदीहरूको सजाय मिनाहा गर्ने गृहमन्त्रालयको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरे लगत्तै राष्ट्रपति समक्ष पठाइएको थियो । ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको निष्कर्षसहित गृहमन्त्रालयले सिफारिस तयार गरेसँगै मानवअधिकारवादीहरु क्रुद्ध भएका थिए ।

Vianet communication

यसबीचमा अदालतले ढुंगेललाई रिहाई गर्ने सिफारिससहितको सक्कल फाइल आएपछि मात्र सुनुवाई गर्ने तयारी गरिरहेको थियो तर सुनुवाई प्रक्रिया नसकिँदै राष्ट्रपतिले ‘कैद मिनाहा’ स्वीकृत गरेपछि ढुंगेल रिहा भएका हुन् ।

पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर दुईका लागि नेकपा माओवादीबाट प्रत्यक्ष निर्वाचित बालकृष्ण ढुंगेल सभासद् रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको भएपनि ढुंगेल पक्राउ परेका थिएनन् । 

ढुंगेल पक्राउ पर्न नसकेको विषयलाई लिएर त्यतिबेलादेखि नै नेपालमा न्याय र कानूनको प्रत्याभूति नरहेको भन्दै मानवअधिकारवादी संघ संगठनहरूले आपत्ति जनाउँदै आन्दोलनसमेत गरेका थिए ।

सर्वोच्चले २०७३को चैत ३१ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न पुनः आदेश दियो । तर पनि ढुंगेल पक्राउ परेनन् । 
आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले तत्कालिन प्रहरी प्रमुख विरुद्धमा अवहेलना मुद्दा हालेपछि १४ कात्तिक २०७४मा ढुंगेल पक्राउ परेका थिए ।

आरोप 

ओखलढुंगाको जिल्ला अदालतले उज्जन श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै ढुंगेललाई २०६१ सालमा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्ट्याई दियो । त्यसपछि२०६६ सालमा सर्वोच्चले जिल्ला अदालतकको फैसलालाई सदर गर्दै ढुंगेललाई सर्वस्वसहित जन्मकैदको  फैसला गरेको थियो ।

अब के होला ?

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललाई रिहाइ गर्ने सम्बन्धमा सर्बोच्चमा परेको पछिल्लो रिट सुनुवाई विचाराधिन रहेकै अवस्थामा राष्ट्रपतिबाट उनको कैद मिनाहा स्वीकृत हुनु एउटा संयोगमात्र मान्न सकिन्न ।

राष्ट्रपति कार्यालयले अदालतमा दायर भएको रिटको बारेमा केही बोलेको छैन तर मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले कैद मिनाहा सिफारिसको सक्कल फाइल हेरेपछि मात्र कुनै फैसला गर्न मिल्ने भन्दै जेठ १५ को लागि अर्को सुनुवाइको दिन तोकेका थिए ।

प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन नेपालका विभिन्न जेलमा कैद भुक्तान गरिरहेका निश्चित समय कैद भुक्तान गरेको र आचरण राम्रो भएको पाइएमा कारागार व्यवस्थापन विभागले मन्त्रिपरिषदलाई रिहाइको सिफारिस गर्न सक्छ । मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिले त्यसलाई स्वीकृत गरेपछि कारागार व्यवस्थापन विभागले गरेको सिफारिस तत्काल कार्यान्वयनमा जान्छ ।

यसमा सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नदेखिएको एक अधिवक्ताले लोकान्तरलाई बताए ।

यदी जेठ १५ गतेको सुनुवाइमा सर्वोच्चले ढुंगेल रिहाइ हुन नहुने फैसला गर्यो भने मन्त्रिपरिषद् र राष्ट्रपतिको कार्यालय पनि कानूनी विवादमा तानिने छन् ।

बालकृष्णको अबको योजना 

ढुंगेल रिहाइ लगत्तै आफ्नो पुरानो पार्टी माओवादी केन्द्रको ‘हेडक्वार्टर’ पेरिसडाँडा पुगेका थिए । 

ढुंगेल पेरिसडाँडा पुग्दा तत्कालिन माओवादीका कार्यकर्ताको बाक्लो उपस्थिति थियो । ढुंगेललाई फूलमालाले स्वागत गर्दै उनीहरुले ढुंगेललाई फसाएको र त्यसको मूल्य अदालतले तिर्नुपर्ने चेतावनी दिइरहेका थिए ।
पेरिसडाँडामा ढुंगेलसँग सेल्फी खिच्नेको भीड लागेको थियो । 

आफू मृगौलाको बिरामी भएको, अहिले रक्तचाप बढेको र आराम गर्नुपर्ने अवस्था देखाउँदै ढुंगेलले सञ्चारमाध्यमहरुमा खासै प्रतिक्रिया दिन मानेनन् । 

संक्षिप्त प्रतिक्रियाका क्रममा ढुंगेलले आफूलाई डलरवादीहरुले फसाउन खोजेको आरोप लगाए । 

आफूलाई पूर्वाग्रही तरिकाले फसाउनेहरूको विरुद्धमा कानूनी उपचार खोज्ने उनले बताए । वृहत शान्ति सम्झौतामा भएका प्रावधानहरूलाई लत्याएर निरन्तर एकजनाको मात्र राजनीतिक जीवनप्रति लक्षित गरेर आक्रमण गरिएको भन्दै उनले समयक्रमले सबैलाई न्याय दिलाउने बताएका थिए ।

अर्को प्रसङ्गमा उनले आफ्नो रिहाई बिशुद्ध कानूनसम्मत भएको भनेका छन् । ‘कुनै राजनीतिक शक्तिको आवरणमा म छुटेको होइन,’ लोकान्तरसँगको कुराकानीमा उनले भने । 

उनले विवेकशील साझाले आफ्नो रिहाइका सम्बन्धमा दिएको प्रतिक्रियाप्रति आक्रोश पोखे । 

स्वास्थ्यले साथ दिएसम्म आगामी जीवन राजनीतिमै बिताउने ढुंगेलले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x