×

NMB BANK
NIC ASIA

काठमाडौं १५ जेठ– सरकारले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कूल बजेटको ४ प्रतिशत को हाराहारीमा मात्रै छुट्याएको छ ।
 

Muktinath Bank

सरकारले सार्वजनिक गरेको  कूल बजेटको आकार  १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रहेको छ । मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोज गरिएको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनले हरेक देशले कूल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्यानुपर्ने भन्दै आएको छ । तर,  आगामी वर्षको लागि छुट्याइएको कुल बजेटलाई हेर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४.२९ प्रतिशत बजेट मात्रै पाएको छ । 
 


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा केही वृद्धि भएपनि विश्व स्वास्थ्य संगठनको मान्यतालाई भने सरकारले पूर्ण रुपमा लागू गरेको छैन ।

Vianet communication

सरकारले  स्वास्थ्य मन्त्रालयको आगामी कार्यक्रममा स्थानीय तहको सबै वडाहरुमा एक स्वास्थ्य संस्था स्थापना गरिने, स्वास्थ्य बीमा कार्यक्रमलाई देशैभरी विस्तार गरिने, सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने नियमलाई कडाइ गरिने, सुत्केरीको यातायात भत्तालाई दोब्बर बनाइने लगायतका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ ।

यद्यपी स्थानीय तहमा स्वास्थ्यसंस्था संचालनको लागि सरकारले रकम विनियोजन गरेकोमा सरोकारवालाले खुसी व्यक्त  गरेका छन् ।

पूर्वस्वास्थ्य सचिव डा.प्रवीण मिश्रले आगामी आर्थिक वर्षमा स्थानीय तहका सबै वडामा स्वास्थ्यसंस्था संचालन गर्ने सरकारको कार्यक्रम राम्रो भएको बताए ।

उनले भने, ‘स्थानीय तहमा स्वास्थ्यसंस्था निर्माण हुनु सरकारको राम्रो कार्यक्रमको सुरुवात हो, अब सरकारले भवन निर्माण मात्रै नभई प्राविधिक र दक्ष जनशक्तिको व्यवस्था हुने गरी काम गर्न सकेमा राम्रो हुन्छ ।’
उनले स्वास्थ्यका अन्य बजेट तथा कार्यक्रमहरु पुरानै भएको पनि प्रतिक्रिया दिए ।

उनले भने,‘स्वास्थ्यको बजेट तथा कार्यक्रमहरु सबै पुराना नै छन् । पुराना कार्यक्रमहरु स्थानीय तहमा गएको मात्रै हो । बजेटको आकार भने केही मात्रामा बढाएको छ । ’
यस्तै स्वास्थ्यकर्मी डा.ढुण्डीराज पौडेलले भने बाम सरकारले चिकित्सकका लागि  प्रतिबद्धता अनुरुपका कार्यक्रम बजेटमा नसमेटेको गुनासो गरे ।

‘स्वास्थ्य क्षेत्रका कर्मचारीलाई सेवा सुविधा दिएर, तलब भत्ता वृद्धि गरेर कार्य क्षमतामा उत्पेरित गरिने भनेर बाम सरकारले भनेको थियो  । तर खै त बजेटमा यस्तो देखिएन,’ उनले लोकान्तरसँग भने, ‘स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याइनुपर्नेमा पाँच प्रतिशत पनि भएन, खै त १० प्रतिशत बजेट?’

नेपालमा नसर्ने रोगहरुको चुनौति बढ्दै गएपनि सरकारले त्यसमा खासै ध्यान नदिएको समेत उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x