०१ साउन २०८३, शुक्रबार

म शरीरको पार्ट–पुर्जा फेरेको मान्छे हुँ, दिनको २० घन्टा खटिएको छु – ओली

म शरीरको पार्ट–पुर्जा फेरेको मान्छे हुँ, दिनको २० घन्टा खटिएको छु – ओली

हेटौंडा, २१ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि आफू दिनरात नभनि खटिएको बताउनुभएको छ । 

तीन नम्बर प्रदेशको प्रदेशसभालाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्वस्थताका बाबजुद आफूले दैनिक १८÷२० घन्टा काम गरिरहेको बताउनु भएको हो । 

'म पार्ट–पुर्जा फेरेको मान्छे हो, किड्नि ट्रासप्लान्ट गरेको ११ वर्ष भयो । १८–२० घन्टा किन काम गरिरहेको छु,’संसद बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो,‘  देश बनाउने उदेश्यका लागि म खटिइरहेको छु ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो,‘मर्दा–मर्दा जिएको जिन्दगीलाई आराम दिएको भए हुन्थ्यो तर देश विकासका लागि लागेको छु ।’

प्रधानमन्त्री ओलीले प्रदेशको राजधानी र नाम बारे विवाद नगर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ । 

कुनै पनि ठाउँ सदरमुकाम भन्दा पछि पर्दैनन् किन पिर गर्नु भएको भन्दै सांसदहरुलाई प्रश्न गर्दै ओलीले भन्नुभयो, ‘केन्द्र नभएको ठाउँमा पनिविकास भइहाल्छ, सडक, विद्यालय, उद्योग सबै भइहाल्छ किन विवाद गर्नुप¥यो सहमतिमा गर्नुस्, यसलाई विवादको विषय बनाउनु पर्दैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्