×

NMB BANK
NIC ASIA

नेपथ्य नायक शंकर, जसले चार हजारभन्दा बढी भिडियोको निर्देशन गरे

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौंको घण्टाघरस्थित उनको कार्यालय कृष्ण फिल्म्स पुग्दा भित्ताभरि सम्मानपत्र र मेडलहरू सजाएर राखिएको थियो । ती सबै मेडलले कोठा नै मुस्कुराएजस्तो देखिन्थ्यो ।

कोरियोग्राफर तथा म्युजिक भिडियो डाइरेक्टर शंकर बिसीले मेडल र प्रमाणपत्र मात्र जोडेका छैनन् । यही क्षेत्रको जगमा आफूलाई स्थापित गराएका छन् । घरगाडी जोडेका छन् ।

उनका शुरुवाती दिन त्यति सहज नभएपनि अभावमा भने अल्झिनुपरेन उनलाई । परिवारले सिएमए पढ्न भर्ना गरिदिएपछि भागेर काठमाडौं आएका थिए उनी । त्यो बेलालाई सम्झँदै शंकर भन्छन्, ‘म त्यो दिन भागेर काठमाडौं नआएको भए मेरो जिन्दगी अर्कै भएको हुन्थ्यो होला ।’

बिसीका हजुरबुबा भारतीय सैनिक थिए । कास्कीको घान्द्रुक (त्यतिबेला घान्द्रुक पर्वत जिल्लामा पर्थ्यो) बाट भारत पुग्न टाढा पर्ने भएपछि उनको परिवार चितवनको माडी बसाइँ स–यो । सुविधाका हिसाबले चितवनबाट भारत जान सहज पनि थियो ।

२०३१ सालतिर गाउँनजिकैको रिउ खोलामा बाढी आएपछि बाढीले सिङ्गो गाउँ नै बगाइदियो । घरबार खोसिदियो बाढीले । अनि तत्कालीन सरकारले नेपालगञ्जमा प्रत्येक परिवारलाई तीन बिघा जग्गा दिएर पुनर्वासको व्यवस्था मिलाइदियो ।

सरकारले उपलब्ध गराएको ठाउँ फडानी गरेर उनी त्यहीँ बसे । त्यही जमीनमा खेती गरेर परिवारले जीविका चलाउन थाल्यो । ‘बुवाले त्यही जमीनमा किसानी गरेर दुःखले हामीलाई हुर्काउनुभयो,’ बिसी भन्छन्, ‘केही समय शिक्षण पेशा गरेपनि बिरामी हुँदै गएपछि उहाँले सक्नुभएन ।’

स्कूल तहमा उनी पढाइमा अब्बल थिए । कक्षा सातमा पढ्दा एक युवतीलाई अति नै मन पराउँथे । माया गर्छु भनेर कतिपटक भन्न खोजेपनि उनले भन्नै सकेनन् । आँट जुटाउनै सकेनन् ।

‘म पढाइमा जेहेन्दार भएकाले पढाइमा पनि उनलाई सहयोग गर्थें, दश कक्षामा पढ्दा नै उनले अर्कैसँग बिहे गरिन् ।’ यतिबेला भने उनी बेस्मारी हाँस्दै त्यो समयलाई याद गर्छन् ।

‘मैले माया गर्छु भन्ने उनलाई थाहा भयो कि भएन भन्ने मलाई पनि थाहा भएन ।’

एसएलसी दिने सबै परीक्षार्थीमा जम्मा दुईजना पास भएका थिए । ती दुईमा एउटा नाम थियो – शंकर बिसी । उनी पास हुँदा परिवारलाई अझ खुशी बढ्यो । परिवारले उनलाई सिएमए पढाउनका लागि सुर्खेत पठाए ।

‘सानैदेखि कलाकार बन्छु भन्ने थियो । होस्टेलमा बसेर सिएमए पढ्न त थालें तर मनले मानेन,’ उनी त्यो समयलाई सम्झन्छन्, ‘त्यसबेला मसँग १२ सय रुपैयाँ, दुई जोर कपडा र १५० पर्ने एउटा पुरानो झोला मात्र थियो । खल्तीमा १२ सय हालेर म काठमाडौं हानिएँ । त्यो पनि भागेर ।’

२०५१ सालमा काठमाडौं आएपछि उनले छरिएका रहरहरू पूरा गर्नका लागि धेरै दुःख भने गर्नुपरेन । उनलाई भाग्यले पनि साथ दिएको हो कि भन्ने लाग्छ । गाउँका साथीहरू पहिले नै पोखरा बस्ने गर्थे, उनी तिनै साथीको सहयोगमा बसे ।

‘मसँग पैसा थिएन । साथीहरूले मलाई केही समय साथ दिनुभयो,’ उनी थप्छन्, ‘काठमाडौं आएको केही समयमा नृत्य तालिम लिन थालें । केही समयमा नै कोरस नाच्न थालें ।’

काठमाडौंमा आएर पनि त्यति धेरै दुःख गर्नु नपरेको बताउँछन् बिसी । नृत्य तालिमपछि भने स्कूलमा समेत नृत्य सिकाउन थाले उनले । जोरपाटीको कारखानामा गलैंचा बुन्नेहरूले कारखानामै आएर नृत्य सिकाउनका लागि आग्रह गरे ।

‘त्यतिबेला दुई रुपैयाँ भाडा तिरेर म गलैंचा कारखानामा नृत्य सिकाउन जान्थें,’ उनी सम्झिन्छन्, ‘पैसा पनि त कमाउनु थियो त्यसबेलामा ।’

‘फिल्म सँगसँगै क्यासिनोमा नाच्दा जम्मा दुई हजार तलब भएपनि टिप्स आउँदा राम्रै कमाइ हुन्थ्यो,’ उनी भन्छन् ।

२०५३ सालतिर आउँदा उनी नृत्यमा राम्रोसँग जमिसकेका थिए । नायक आर्यन सिग्देल, दीपाश्री निरौला, बाबु बोगटीलाई समेत नृत्य सिकाएको उनी बताउँछन् । ‘राजेश हमाल दाइले त तपाईंले मलाई सजिलो स्टेप दिनुहुन्छ । काम गर्न सहज हुन्छ भन्नुहुन्छ,’ आफूले लगाएको रातो क्याप टोपी मिलाउँदै उनी सुनाउँछन् ।

अहिलेसम्म लगभग चार हजार म्युजिक भिडियोको निर्देशन गरिसकेको बताउँछन् बिसी । ‘लगभग १६ सय भिडियोमा आफै मोडलिङ गरेको रहेछु । पाँच सयभन्दा बढी तीजका गीतमा मात्र काम गरिसकेको रहेछु । संसारमा सबैभन्दा धेरै भिडियोमा मोडलिङ गर्ने कलाकार म नै रहेछु ।’

सफलताको लामो हाँसोपछि आफ्नो कुरालाई जोड्दै उनी भन्छन्, ‘हाम्रो देशमा जस्तो धेरै भिडियो अरू देशमा बन्नु पनि प–यो नि ।’

‘लालुपाते नुग्यो भुइँतिर’, ‘सुपारी चाम्रो’, ‘सुर्के थैली खै’ लगायतका सयौं गीतको कोरियोग्राफी उनी आफैंले गरेका छन् । दोहोरी गीतमा फरक प्रवृत्ति ल्याउन खोजकोले नै आफू चिनिन सफल भएको हो कि भन्ने लाग्छ उनलाई ।

‘गीतको भावनाअनुसार मोडलबाटै मैले स्केच बनाउन खोजेको हुन्छु,’ उनी भन्छन् ।

उनले गरेका म्युजिक भिडियो अधिकांश लोक दोहोरी गीतका छन् ।

बिसीका म्युजिक भिडियोहरू हिट हुन थालेपछि फ्यानहरूले उनलाई अझ बढी पछ्याउन थाले । ‘पोखराकी एक फ्यानले मलाई यतिसम्म माया गर्नुहुन्थ्यो कि, माइक्रो बसमार्फत कुनै न कुनै उपहार हरेक हप्ता पठाइरहनुहुन्थ्यो,’ उनी थप्छन्, ‘लामो समयसम्म कुरा पनि हुन्थ्यो । पछि भने कुरै हुन छोड्यो ।’

उनी म्युजिक भिडियोमा मात्र खुम्चन चाहन्नन् । फिल्मको कोरस डान्स र म्युजिक भिडियोमा राजेश हमालदेखि दिलीप रायमाझीसँग काम गरेको अनुभव सुनाउँछन् बिसी । भन्छन्, ‘नेपालमा नाच्न जान्ने अभिनेता त्यति धेरै हुनुहुन्न । दिलीप रायमाझी भने राम्रो नाच्ने कलाकार हुनुहुन्थ्यो ।’

बिसीले चलचित्रमा अभिनय पनि गरे । चलचित्र सुपरफ्लप भएपछि भने उनी त्यो विधामा रमाउन चाहेनन् ।

‘फिल्ममा वर्षौं दुःख गर्नुभन्दा बरू दिनमा एउटा म्युजिक भिडियो गर्न सकियो भने फाइदा छ भन्ने लाग्यो,’ उनी थप्छन्, ‘बरू म्युजिक भिडियो निर्देशनको अनुभवका आधारमा नयाँ चलचित्र निर्देशन गर्न लागेको छु ।’

हास्य विधामा आफैंले तयार पारेको स्क्रिप्टमा उनले निर्देशन गर्दैछन् । केही समयमा नै पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी दिने पनि उनी बताउँछन् । भन्छन्, ‘मेरो वान लाइन स्टोरी सुनेर नै निर्माताले लगानी गर्न चाहनुभएको हो ।’

बिसीमाथि लोकदोहोरी गीतको म्युजिक भिडियोमा अश्लीलता प्रदर्शन गरेको आरोप लाग्ने गरेका छन् । तर त्यो कुरा मान्न तयार छैनन् उनी ।

पहिले पहिले म्युजिक भिडियोमा अश्लीलता भित्र्याएको भन्ने आरोप लाग्ने गरेपनि अहिले भने आफूले कुनै पनि म्युजिक भिडियोमा अश्लीलतालाई स्थान नदिएको उनी बताउँछन् ।

‘तीजको गीत ढाडे बिरालोमा मेरो बढी नै विरोध आयो । पहिलेपहिले त्यस्ता खालका गीत बनाएपनि अहिले भने त्यसो गरेको छैन,’ उनी थप्छन्, ‘हामीले लोकगीतका म्युजिक भिडियोमा विकृति नल्याउने भनेर नियम बनाएका छौं ।’

बिसीलाई नेपाल लोकगीतको भिडियोमा नयाँपन दिन नसकेको भन्ने आरोप पनि लागिरहन्छ । यसको प्रतिवाद गर्दै उनी भन्छन्, ‘सबैमा नयाँपन गर्न सम्भव नहुने रहेछ । तर केही भिडियोमा नयाँपन दिन खोजेकै हुन्छु ।’

‘पहिले नेपाली दोहोरीमा मोडल राख्नुपर्छ भन्ने थिएन । मैले राखें । बिस्तारै कोरस नाच्ने कलाकारलाई पनि पैसा दिने व्यवस्था मिलाएँ,’ उनले लोकान्तरसँग आफ्नो सफलताको रहस्य खोले ।

बिसीसँग कलाकारिताबाहेक भविष्यका योजनाहरू त्यति धेरै छैनन् । जे छ, कलाकारितामै छ । कामको चाप छ । काम नपाएर खाली बस्नुपरेको छैन उनलाई ।

‘मसँग निर्देशकीय क्षमताभन्दा अरू पनि क्षमता छ भन्ने ध्येयले ‘शंकर बिसी एकल साँझ’ गर्ने योजनामा छु । मादल, गितार, बाँसुरी पनि राम्रो बजाउने कला मसँग छ । त्यो कला प्रस्तुत गर्न मन छ,’ उनी थप्छन्, ‘केही मोडलसँग नृत्यसमेत प्रस्तुत गर्ने गरी कार्यक्रमको योजना बनाएका छौं । अर्को वर्षको मंसिरसम्ममा यो कार्यक्रम पनि हामीले गर्नेछौं ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x