०४ साउन २०८३, सोमबार

इंग्ल्यान्डलाई छ ‘सडन डेथ’ को डर

इंग्ल्यान्डलाई छ ‘सडन डेथ’ को डर

काठमाडौं, १९ असार – विश्वकपका खेलहरूमा पेनाल्टी किकमा गोल गर्ने विषयमा इंग्ल्यान्डले शतप्रतिशत सफलता हासिल गरेको छ । 

विगत ६० सालमा गेरी लिनेकर, एलन शीयरर र ह्यारी केनजस्ता खेलाडीहरूले पेनाल्टी किक हान्दा प्रत्येकचोटि बलले जाली चुमेको छ । तर पेनाल्टी शूटआउटको कुरा आउँदा चाहिँ इंग्ल्यान्डले १४ वटा प्रहारमध्ये जम्मा सातवटामा सफलता पाएको छ । 

तीनवटा विश्वकप (सन् १९९०, १९९८ र २००६) मा इंग्ल्यान्डको भाग्यको फैसला पेनाल्टी शूटआउटबाट भयो । तीनैचोटि उसले हार बेहो–यो । 

यो विश्वकपमा अहिलेसम्म भएका नकआउट खेलमध्ये दुईवटाको फैसला शूटआउटबाट भएको छ । त्यसपछि इंग्ल्यान्डलाई सडन डेथको डरले सताउन थालेको छ । 

आफ्नो पुरानो रेकर्ड हेरेर इंग्ल्यान्डले कोलम्बियाविरुद्धको मंगलवारको खेल पेनाल्टी शूटआउटमा नजाओस् भनी कामना गरेको छ । 

इंग्ल्यान्ड टीमका प्रशिक्षक ग्यारेथ साउथगेटले सन् १९९८ को विश्वकपमा खेलेका थिए । उनका अनुसार, शूटआउट भनेको लटरी जस्तै हो र त्यसलाई प्रशिक्षणका क्रममा दोहो–याउनु असम्भव हुन्छ । त्यसैले त्यसको अभ्यास गर्न आवश्यक छैन । 

तैपनि साउथगेटले इंग्ल्यान्ड खेलाडीहरूलाई मार्चदेखि यसको अभ्यास गराइरहेका छन् । प्रशिक्षकले भिडियो विश्लेषकहरूका सेवा पनि लिइरहेका छन् जसबाट शूटआउटमा विश्वास गर्न सकिने खेलाडी कुन हुन् भनी पत्ता लगाउन सकियोस् । 

इंग्ल्यान्डका गोलकीपर जोर्डन पिकफोर्डले म्याचहरूमा ३० पेनाल्टीमध्ये पाँचवटा बचाएका छन् । उनीसँगै रुस र्गका अन्य दुई गोलकीपर ज्याक बटल्यान्डले २५ मा चार र निक पोपले १३ मा तीन पेनाल्टी किक बचाएका छन् । 

इंग्ल्यान्ड र कोलम्बिया अहिलेसम्म पाँचचोटि भिडेकोमा इंग्ल्यान्ड तीनचोटि विजयी भएको छ भने दुईवटा खेल ड्र भएका छन् । कोलम्बियाले अहिलेसम्म इंग्ल्यान्डलाई हराउन सकेको छैन । 

इंग्ल्यान्डले कोलम्बियाविरुद्ध १० गोल गरेको छ भने कोलम्बियाले जम्मा तीन गोल फर्काउन सकेको छ । ्

विश्वकपमा उनीहरू एकपटक भिडेका छन् । सन् १९९८ को उक्त खेलमा इंग्ल्यान्ड २–० ले विजयी भएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्