०३ साउन २०८३, आइतबार

बेल्जियमको सुनौलो पुस्ताले ब्राजिललाई पन्छाउला ?

बेल्जियमको सुनौलो पुस्ताले ब्राजिललाई पन्छाउला ?

काठमाडौं, २१ असार – सुनौलो पुस्ता भनिनु आशीर्वाद पनि हो, सराप पनि हो । यसले खेलाडीहरूमाथि अपेक्षाको बोझ पार्छ र उनीहरूका लागि प्रमुख प्रतियोगिता जित्न मुश्किल बनाउँछ । 

बेल्जियमका खेलाडीहरूलाई सुनौलो पुस्ता मानिएको छ । बेल्जियम यसअघि सन् १९८६ को सेमिफाइनलमा पुगेको थियो तर त्यतिखेर उससँग अहिलेका जति प्रतिभाशाली खेलाडी थिएनन् । अहिलेको बेल्जियम टोलीमा स्टार फूटबलरहरू छन् र उनीहरूले जस्तो खेल पनि आफ्नो पक्षमा पार्ने हिम्मत देखाएका छन् । 

अन्तिम १६ मा जापानविरुद्धको खेलमा मारूएन फेलाइनी र नासेर चाड्लीले प्रतिस्थापन खेलाडीका रूपमा आएर गोल गरेका थिए । विश्वकपको नकआउट चरणमा दुई सब्स्टिच्युटले आएर गोल गरेको यो पहिलो अवसर हो । 

मूसा देम्बेले वा इंग्ल्यान्डविरुद्ध गोल गर्ने अदनान जानुजाजले त बेन्चबाट मैदानमा आउने अवसर नै पाएनन् । 

यसबाट बेलिज्यमको टीममा प्रतिभाशाली खेलाडीको कमी छैन भन्ने देखिन्छ अनि प्रशिक्षक रोबर्टो मार्टिनेजले चाहिएको बेलामा थिबाउ कोर्तुआ, केभिन डी ब्रूयन, रोमेलु लुकाकु, इडेन हजार्ड र भिन्सेन्ट कोम्पनी जस्ता खेलाडीलाई चाहिएको
बेलामा खेलाउन सक्छन् । 

बेल्जियम जापानविरुद्धको खेलमा दुई गोलले पछि परेको भएपनि अन्तिम समयमा गरेको गोलसँगै विजयी भएको थियो । कप्तान भिन्सेन्ट कोम्पनीले जापानविरुद्धको विजय आफ्नो देशको फूटबल इतिहासकै महत्त्वपूर्ण क्षण भएको मान्छन् । 

‘बेल्जियम पहिलेपहिले त ब्राजिलजस्तो टोलीसँग खेल्नुपर्दा पहिल्यै हारेको अनुभव गर्थ्यो तर हामीसँग भएका प्रतिभाशाली खेलाडीका कारण अब हामी ब्राजिललाई हराउनेमा शतप्रतिशत ढुक्क छौं,’ उनले भने ।

‘ब्राजिलसवरुद्धको खेलले हाम्रो पुस्तालाई परिभाषित गर्नेछ तर त्यसभन्दा माथि जाने लक्ष्य हामीहरूले लिनुपर्छ । यो हाम्रा लागि मात्र नभई ब्राजिलका लागि पनि महत्त्वपूर्ण खेल हो,’ मिडफील्डर कोम्पनी भन्छन् । 

धेरै मानिसले यो नेयमारको विश्वकप हो भन्ने गरेका छन् तर बेल्जियमले ब्राजिलविरुद्ध आफ्नो उत्कृष्ट खेल देखाएमा यो लुकाकु, हजार्ड र डी ब्र्रूएनको विश्वकप हुनसक्छ । ब्राजिलको कुरा गर्दा नेयमारको चर्चा हुने गर्छ तर बेल्जियमको कुरा
गर्दा पूरै टोलीको चर्चा हुन्छ ।

सिन्ह्वामा प्रकाशित पल गिब्लिनको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्