०३ साउन २०८३, आइतबार

विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाइने

असार २६, २०७५
विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाइने

काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाउने भएको छ । 

श्रममन्त्री गोकर्णराज विष्टसँग नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच। हाडेड जेभोसले मन्त्रालयमा आज गरेको  भेटवार्तामा दुवै पक्षबीच सम्बन्ध थप सुदृढ गरिने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सो भेटमा मन्त्री विष्टले देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व बैंकबीच विगत लामो समयदेखि भएको साझेदारी अझ विस्तारित र सुदृढ हुने बताए ।  मन्त्रालयको प्राथमिकताबारे जेभोसले राख्नु भएको जिज्ञाशामा मन्त्री विष्टले नेपाल सरकारले जारी गरेको नीति तथा कार्यक्रममा रोजगारी अभिवृद्धि र मानव संशोधन विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारेका थिए । 

नेपालमा हाल उत्पादनशील उमेर समूहका युवाको बाहुल्यता भए पनि उत्पादनमूलक रोजगारीका अवसरको अभावमा नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको सन्दर्भमा युवालाई दक्ष र सीपयुक्त बनाई वैदेशिक रोजगारीमा पठाउनका लागि तालीम केन्द्रको सुदृढीकरण गर्ने कार्यसमेत सरकारको प्राथमिकतामा रहेको मन्त्रीले जानकारी गराए । 

salt training

कमेन्ट गर्नुहोस्