×

NMB BANK
NIC ASIA

सरकारलाई ३२ हजार नयाँ कर्मचारी चाहिने, दरबन्दी विवरण पठाउन स्थानीय तहलाई परिपत्र

साउन ८, २०७५

NTC
Premier Steels

काठमाडौं–संघ, प्रदेश र स्थानीय तहमा निर्धारण गरिएको दरबन्दीअनुसार कर्मचारी परिचालन गर्दा सरकारलाई ३२ हजारभन्दा बढी थप कर्मचारी आवश्यक पर्ने भएको छ ।

Muktinath Bank

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको तयारी गरिरहँदा ३२ हजार ३ सय ९८ कर्मचारी अपुग हुने देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि यसअघि अस्थायी संगठन संरचना तयार पारेको थियो । सोही संरचनाअनुसार सरकारले तत्कालका लागि स्थानीय तहमा कर्मचारी खटाएको थियो । 


Advertisment
Nabil box
Kumari

अस्थायी संगठन संरचनाअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समिति (जिसस)मा गरी ५७ हजार ७ सय ६६ कर्मचारी आवश्यक पर्ने देखिन्छ । 

Vianet communication

यस्तै ७ वटै प्रदेशका लागि १ हजार ५ सय ७० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघ (केन्द्र)मा भने ४५ हजार ८ सय १५ कर्मचारी आवश्यक पर्ने मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको संगठन तथा व्यवस्थापन प्रतिवेदनमा उल्लेख छ । 

यस हिसाबले संघ, प्रदेश र स्थानीय तहमा परिचालन गर्न हाललाई कूल १ लाख २० हजार १ सय ५१ कर्मचारी आवश्यक पर्ने देखिन्छ । 

हाल संघ, प्रदेश र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीको संख्या ८७ हजार ७ सय ५३ छ । 

यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी यो संख्यामा केही तलमाथि हुन सक्ने बताउँछन् । 

‘स्थानीय तहमा पहिलेकै अस्थायी संगठन संरचनाअनुसार कर्मचारी समायोजन गर्ने कि नयाँ अध्ययन गरेर स्थायी संगठन निर्माण गर्ने भन्ने विषय छलफलमै छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘थप अध्ययन गरेर स्थायी संगठन संरचना तयार पारे कर्मचारीको दरबन्दीमा केही थपघट हुन सक्छ ।’

संगठन संरचना बनाउन स्थानीय तहलाई परिपत्र

संघीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजनको प्रक्रिया शुरु गर्न सबै स्थानीय तहलाई पत्र लेख्दै संगठन संरचना र दरबन्दीको विवरण पठाउन भनेको छ । 

साउन तेस्रो सातादेखि स्थानीय तहका लागि कर्मचारीको स्थायी समायोजन गर्ने प्रक्रिया शुरु गर्ने तयारीमा रहेको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार सबै स्थानीय तहलाई पत्र लेख्दै स्थायी संगठन संरचना र आवश्यक कर्मचारीको संख्या निर्धारण गरेको निर्णय पठाउन भनेको हो । 

मन्त्रालयले गाउँ तथा नगरकार्यपालिकाको बैठकबाट स्थायी संगठन संरचनासम्बनधी निर्णय पास गराई १५ दिनभित्र पठाउन सबै स्थानीय तहलाई सर्कुलर जारी गरेको हो । 

‘स्थानीय तहको कार्य प्रकृति, सेवा प्रवाह एवं विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पुर्‍याउन पर्ने जनसंख्या समेतको आधारमा स्थानीय तहलाई संगठन संरचना र दरबन्दी सिर्जना गर्न भनिएको छ,’ सहसचिव अधिकारीले भने, ‘स्थानीय तहको भौगोलिक अवस्था कार्यप्रकृतिअनुसार कर्मचारीको संख्या फरक पर्न सक्छ ।’

सहसचिव अधिकारीका अनुसार प्राविधिक समूहका कर्मचारीको माग स्थानीय तहअनुसार फरक–फरक हुने देखिन्छ । ‘कुनै स्थानीय तहलाई माछासम्बन्धी अध्ययन गर्ने विशेषज्ञ चाहिनसक्छ । तर अन्यलाई त्यस्ता विशेषज्ञको आवश्यकता नहुनसक्छ,’ अधिकारी भन्छन्, ‘यसहिसाबले प्राविधिक कर्मचारीको माग स्थानीय तहअनुसार फरक–फरक हुने देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x