०३ साउन २०८३, आइतबार

९ प्रतिशत नेपाली मोटरसाइकलका मालिक, २ लाखले चढ्छन् कार

साउन १३, २०७५
९ प्रतिशत नेपाली मोटरसाइकलका मालिक, २ लाखले चढ्छन् कार

काठमाडौं– पछिल्ला वर्षहरुमा बिलासी वस्तुको रुपमा लिइने सवारीसाधनको आयातमा ह्वात्तै बृद्धि भएको छ । आयातमा भएका सवारीमा मोटरसाइकलको माग सबैभन्दा बढी रहेको छ । 

यातायात व्यवस्था विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०४६/०४७ देखि २०७४/०७५ को दोस्रो चौमासिकसम्ममा ३० लाख ५२ हजार ३ सय ९७ वटा सवारीसाधन आयात भएका छन् । 

२८ वर्ष अगाडी आर्थिक वर्ष २०४७/०४८ मा १३ हजार एक सय ४९ थान सवारी साधन आयात भएकोमा आर्थिक वर्ष २०७३/०७४ सम्ममा बढेर वार्षिक दर्ता संख्या चार लाख ४४ हजार २ सय ५९ पुगेको छ ।  यद्यपि गत आर्थिक वर्ष २०७४/०७५ को दोस्रो चौमासिकको तथ्याङ्कअनुसार फागुनसम्ममा २ लाख ६८ हजार ९ सय ६९ सवारी साधन दर्ता भएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम सवारी आयात भएको विभागले जानकारी दिएको छ । 

विभागको तथ्याङ्कअनुसार पछिल्ला ४ आर्थिक वर्षका तुलना गर्दा क्रमशः सवारी साधन आयातको संख्या बढेको देखिन्छ ।  जसमा आर्थिक वर्ष २०७०/०७१ मा १ लाख ९८ हजार ३ सय ४३ थान सवारी साधन आयात भएका थिए भने त्यसको अर्को वर्ष आर्थिक वर्ष २०७१/०७२ मा २ लाख ३९ हजार ५ सय ८३ थान सवारी आयात भइ विभागमा दर्ता भएका छन् ।

यसैगरी आर्थिक वर्ष २०७२/०७३ मा ३ लाख ४३ हजार ७ सय ६५ थान सवारी नेपालमा आयातमा भएकोमा आर्थिक वर्ष २०७३/०७४ मा १ लाख ४ सय ९४ थान सवारी साधन बढी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।  यस्तै अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ लाख ६८ हजार ९ सय ६९ सवारी साधन दर्ता भएको विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार संख्यात्मक हिसाबले सबैभन्दा बढी मोटरसाइकल आयात भइ दर्ता भएका छन् ।  आर्थिक वर्ष ०४६/४७ सम्म भित्रिएका ७६ हजार ३ सय ८७ सवारीसाधनमध्ये मोटरसाइकलको संख्या ३४ हजार ५ सय ७६ थियो । अर्को आर्थिक वर्ष ०४७/४८ मा भित्रिएका १३ हजारमध्ये मोटरसाइकलको संख्या ५ हजार सात रहेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, पछिल्लो वर्षको तथ्याङ्क हेर्दा आयात भएको कुल सवारीसाधनमा मोटरसाइकलकै हिस्सा बढी छ । 

आर्थिक वर्ष २०७३/०७४ मा ४ लाख ४४ हजार दुई सय ५९ वटा यातायातका साधन भित्रिँदा ३ लाख ५४ हजार ७६ थान मोटरसाइकल आयात भई दर्ता भएका छन् भने सबैभन्दा कम ८ सय ४१ थान माइक्रो आयात गरिएको छ ।  यसैगरी ५ हजार ३ सय ४२ थान बस, २ हजार ८ थान मिनिबस र मिनिट्रक, १२ हजार ७ सय १२ थान एक्साभेटर २१ हजार २ सय ९२ थान कार तथा जिप, १० हजार ६७५ थान पिकअप भ्यान, १७ हजार ७ सय ८२ थान टेम्पो, १७ हजार ८५ थान पावरटेल (कृषिजन्य काममा प्रयोग हुने ट्याक्टर) २ हजार २ सय ४७ इलेक्ट्रोनिक रिक्सा तथा २ सय ४ थान अन्य सवारी साधन आयात भएका छन् ।

गत आर्थिक वर्ष फागुनसम्ममा भित्रिएका कूल २ लाख ६८ हजार ९ सय ६९ सवारीमा पनि मोटरसाइकलकै संख्या बढी छ । २ लाख १६ हजार ८ सय ५८ थान मोटरसाइकल आयात भइ दर्ता भएका छन् भने १४ हजार ३ सय ४५ थान कार तथा जिप दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । 

हालसम्म भित्रिएका कुल ३० लाख ५२ हजार ३ सय ९७ सवारी साधनमध्ये मोटरसाइकलको संख्या २४ लाख ५ हजार ९ सय ५७ छ । मोटरसाइकललाई पछ्याउँदै कार/जिप/भ्यान आयात भएको छ । यसको संख्या २ लाख २७ हजार ६ सय ६५ पुगेको छ । बिलासी साधनको रुपमा लिइएको कारको संख्या पछि कृषिमा प्रयोग हुने ट्याक्टर, पावर टेलर संख्या उल्लेख्य छ । २८ वर्षको अवधिमा ट्याक्टर, पावर टेलर एक लाख लाख ३० हजार पाँच सय ६६ आयात भएको तथ्याङ्क छ ।

हालसम्म भित्रिएका सवारीमध्ये ४८ हजार ४ सय ९८ वटा बस छन् । पिक अप भ्यानको संख्या ५१ हजार ९० छ । विकास निर्माणमा प्रयोग हुने क्रेनर/डोजर एक्सक्याभेटर ८३ हजार ७ सय १० आयात भएका छन् । त्यसैगरी, उपत्यकामा सबैभन्दा धेरै चल्ने टेप्पो ३९ हजार ५ सय ७५ आयात भएका छन् । यसैगरी मिनिबस र मिनि ट्रक २४ हजार ८ सय ७४ थान आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएका छन् भने सबैभन्दा कम सवारी कर्णालीमा दर्ता भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्