×

NMB BANK
NIC ASIA

स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना, एक वर्षभित्रमा ३० स्थानमा निर्माण गरिने

साउन १६, २०७५

NTC
Premier Steels

काठमाडौं – विश्व स्तनपान सप्ताहको अवसरमा टेकुस्थित स्वास्थ्य सेवा विभागमा स्तनपान कक्षको शुभारम्भ भएको छ ।

Muktinath Bank

विभागमा कार्यरत कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गर्दै स्तनपान कक्षको स्थापना गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । बुधरबार विभाग परिसरमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेल, विभागका महानिर्देशक डा. गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले संयुक्त रूपमा कक्षको उद्घाटन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागमा स्थापना गरिएको स्तनपान कक्षमा बच्चा सुताउने ठाउँ, हात धुने ठाउँ राखिएको छ । उक्त कक्षमा दुईजना महिलाले एकैपटक स्तनपान गराउन सक्ने विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले विभागमा रहेको स्तनपान कक्षले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा लिन आउने महिलालाई समेत सहज हुने बताए । 

Vianet communication

नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्याङ्क अनुसार नेपालमा पूर्णस्तनपान गराउने आमाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्रमा स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको छ ।

यस्तै स्तनपान गराउनुअघि १० जना नवजात शिशुमध्ये ३ जना शिशुलाई घ्यू, मह र चिनी चटाउने गरिएको छ । शल्यक्रिया गरी जन्मिएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापन गर्ने फर्मूला खुवाइने गरेको छ । 

स्वास्थ्य सेवा विभागले नवजात शिशुलाई स्तनपानको अधिकार सुनिश्चित गर्न यस आर्थिक वर्षभित्रमा ३० वटा सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष सञ्चालन गर्ने योजना बनाएको छ ।

विभागका महानिर्देशक डा. गुणराज लोहनीले स्तनपान नगराउँदा शिशुको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने भएकाले सार्वजनिक स्थानहरूमा स्तनपान कक्ष निर्माण कार्यलाई प्राथमिकता दिइएको बताए ।

यस्ता छन् स्तनपानका फाइदाः
 

शिशुलाई स्तनपानले हुने फाइदा
सामान्य स्वास्थ्य र वृद्धि तथा विकास गर्दछ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमतामा विकास हुन्छ ।
दूधमा रोग निरोधक तत्व हुने भएकाले नवताज शिशुको रोगसँग लड्ने क्षमताको विकासमा सहयोग पु¥याउँछ ।
नवजात शिशुलाई चाहिने सम्पूर्ण आधार नै आमाको दूध हो । स्तनपानले शिशुलाई तनाव र कष्टबाट मुक्त गराई आराम प्रदान गर्छ ।

स्तनपानले आमालाई हुने फाइदा
गर्भ निरोधकको रूपमा आमालाई मद्दत गर्छ ।
शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा आमाको पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्दछ, जसले गर्दा सालनान निक्लन र रक्तश्राव बन्द गर्न मद्दत गर्छ ।
स्तनपान गराउँदा निस्कने हर्मोनले आमाको तनाव कम गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x