×

NMB BANK
NIC ASIA

डा. केसीसँगको सहमति कार्यान्वयनमा : पाँच जिल्लामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिँदै

भदौ ५, २०७५

NTC
फाइल तस्वीर : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
Premier Steels

काठमाडौं –सरकारले डा. गोविन्द केसीसँगको सम्झौताबमोजिम उपत्यकाबाहिर सरकारी मेडिकल कलेज खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

Muktinath Bank

गत साउन १० गते डा. केसीको अनशन तोडाउने क्रममा सरकार र डा. केसीबीच  पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा यसअगाडि नक्साङ्कन भएका ठाँउहरूको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गर्ने भन्ने सहमति भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही सहमति कार्यन्वयनका लागि सरकारले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा मेडिकल कलेज खोल्न सम्भाव्यता अध्ययनका लागि समिति समेत गठन गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

उक्त जिल्लाहरूमा मेडिकल कलेज स्थापना गर्नका लािग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा छ सदस्यीय समिति गठन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बलालले जानकारी दिए । समितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका डा. हरि लम्साल र सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरका उपप्राध्यपक डा. शंकर भट्ट  रहेका छन् । 

Vianet communication

यस्तै सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौताअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्बन्धमा अध्ययन गर्न पनि कार्यदल गठन गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।

उक्त कार्यदलका सदस्यहरूमा विज्ञका तर्फबाट डा. जीवन क्षेत्री र प्रा.डा. केदार बराललाई नियुक्त गरिएको छ । डा. क्षेत्री डा. केसीका सहयोगी हुन् भने प्रा.डा. बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवद्ध छन् ।

सो कार्यदलका अन्य सदस्यमा कर्णाली प्रदेश सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि समेत रहने छन् । ती संस्थाहरूलाई प्रतिनिधि छनोट गरी लेखी पठाउन भनिएको छ ।

डा. केसीको पछिल्लो अनशन तोड्ने क्रममा सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्बन्धमा संघीय सरकारका प्रतिनिध, कर्णाली सरकारका प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधि र विज्ञ समूहबाट २ जना रहेको कार्यदल गठन गर्ने निर्णय भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x