कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडाैं | बैशाख २३, २०८१
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको नेतृत्व गरेका मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाहीविरुद्ध विद्रोह गरेको बताएका छन् ।
विद्रोही समूहले ७ सांसद र कार्यकारिणी समितिका ८ सदस्यसहित आइतवार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
नयाँ दल निर्वाचनका लागि निवेदन लिएर आयोग पुगेका नेता राईले दल विभाजन भए पनि सरकारलाई समर्थन रहने बताएका हुन् ।
‘उपेन्द्र यादवको तानाशाही र अधिनायकवादविरुद्ध विद्रोह भएको हो, पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहन्छ’, राईले लोकान्तरसँग भने ।
वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सरकारका बहालवाला मन्त्री नवलकिशोर साह सुडिसहितका ७ सांसद निर्वाचन आयोग पुगेका थिए । राईले कार्यकारिणी समिति र केन्द्रीय समितिमा पनि आफ्नो बहुमत रहेको दावी गरे ।
कार्यकारिणी सदस्य अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव, नवलकिशोर साह सुडी, रणध्वज कन्दन्वा, सुशीला श्रेष्ठ, परशुराम बस्नेत र इस्तियाक राईसहितका कार्यकारिणी सदस्य आयोग पुगेका थिए ।
पार्टी विभाजनको समयमा उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादव विदेश भ्रमणमा छन् ।
पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्छ । जसपामा ५ सय ४ जना केन्द्रीय सदस्य छन् । आइतवार आयोगमा २८ जना केन्द्रीय सदस्य उपस्थित थिए ।
प्रतिनिधि सभामा १२ जना सांसद रहेको जसपा विभाजनले औपचारिक मान्यता पाए उपेन्द्र यादवसँग ५ जना सांसद बाँकी रहने छन् ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...