×

NMB BANK
NIC ASIA

कर्मचारीको दरबन्दी खोसिएपछि स्वास्थ्यको संघीय संरचना संकटमा, परिमार्जनको तयारी

भदौ १८, २०७५

NTC
Premier Steels

काठमाडौं – संघीय संरचनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत साउनदेखि लागू भएको नयाँ संरचनामा परिमार्जन हुने भएको छ । नयाँ संरचनामा जाँदा केही समस्या देखिएपछि मन्त्रालयले त्यसलाई परिमार्जन गर्ने तयारी गरेको हो ।

Muktinath Bank

गत साउन १ गतेबाट नयाँ संरचना लागू गरे पनि कर्मचारीको दरवन्दीमा समस्या उत्पन्न भएपछि मन्त्रालयले संरचना परिवर्तन गर्न पहल थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि मन्त्रालयमा पटक–पटक छलफल गरी नयाँ संरचना पारित भएको थियो । छलफलमा निर्णय भएअनुसार संरचना नबनाइएको आरोप कर्मचारीहरूको छ ।


Advertisment
Nabil box
Kumari

नयाँ संरचनामा स्वास्थ्य मन्त्रालयका ११औं तहका ८ जना तथा अधिकृत र अन्य कर्मचारी कामविहीन छन् ।

Vianet communication

स्वास्थ्यको नयाँ संरचना कार्यान्वयन गर्दा जनतालाई आधारभूत स्वास्थ्य सेवा दिन कठिनाइ हुने भन्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयमा आन्तरिक छलफल गरेका थिए ।

संविधानले स्वास्थ्यलाई मौलिक हकमा समेटेको छ । नयाँ संरचनाले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ हुने मन्त्रालयकै कर्मचारीहरू बताउँन् । 

नयाँ संरचनामा विवाद देखिएपछि मन्त्रालयले संरचना पुनरावलोकनका लागि समिति नै बनाएको छ ।

मन्त्रालयले जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ ।

संघीय संरचनामा मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग, केन्द्र लगायतका संगठन संरचनाको पुनरावलोकन गरी परिमार्जन आवश्यक भएमा राय पेश गर्न उक्त समितिलाई जिम्मेवारी दिइएको छ । संघीयाता अनुसार लागु भएको संरचना अपूर्ण देखिएको समितिका संयोजक डा. प्याकुरेलले बताए ।

‘संविधान अनुसार जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय तहसम्म स्वास्थ्यकर्मी पुर्‍याउन स्वास्थ्यकर्मीको संख्या बढाउनुपर्ने अवस्था छ, तर नयाँ संरचनामा त झनै कम भयो,’ समितिका संयोजक डा. प्याकुरेलले लोकान्तरसँग भने, ‘त्यो संरचना पूर्ण छैन । त्यसैले परिमार्जन गर्न आवश्यक छ ।’ 

समितिले भदौ मसान्तसम्ममा संरचनाको पुनरावलोकन गरी प्रतिवेदन तयार गर्दैछ । समितिले तयार पारेको प्रतिवेदनअनुसार छलफल गरी मन्त्रालयले स्वास्थ्यको संरचना परिवर्तन गर्न लागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x