मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडौं – समकालीन नेतामध्ये कम बोल्ने र भद्र स्वभावको छवि छ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’को । तत्कालीन माओवादीले गरेको सशस्त्र जनयुद्धको समयमा बादलले भन्ने गर्थे– ‘माटोलाई पनि बारुद बनाइदिन्छु ।’
विद्रोही माओवादी दोस्रो पटकको शान्ति वार्तामा आएको समयमा काठमाडौंको खुलामञ्चबाट नारायणहिटी दरवारतर्फ इंगित गर्दै ‘मानिस सडकमा र कुकुर दरबारमा पालिएको’ भनेर ताली खाए । तत्कालीन एकीकृत माओवादी केन्द्रबाट पार्टी विभाजनको घोषणा कार्यक्रममा पनि बादलले ‘अँध्यारो कोठामा ह्विस्कीका बिर्को फोरिएका होलान्,’ भनेर चोटिलो भाषण गरे ।
जे होस्, कम बोल्ने र बोलेपछि तरंग ल्याउने बादलको स्वभाव हो ।
गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफूले रोजेको क्षेत्र नपाएपछि चुनाव नलडेका बादल राष्ट्रियसभाको सदस्य भएर संसदमा पुगे । संसदमा पुगेपछि उनलाई डबल चिट्ठा पर्यो– एउटा देशको गृह प्रशासनको बागडोर र दोस्रो संसदको पूरै कार्यकाल अर्थात् ६ वर्ष ।
गृह मन्त्रालय सम्हालेलगत्तै लिएका कदमका कारण बादलको प्रशंसा भयो । उनले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्न कठोर कदम लिए, भलै त्यो सिन्डिकेट अर्कै बहानामा ब्युँतिसकेको किन नहोस् । समयमा काम नगर्ने ठेकेदारलाई तह लगाउने कुरा गरे, त्यसको पनि प्रशंसा भयो ।
नेपालबाट मनसुन अन्त्य भएर आकाश खुल्न लाग्दा गृहमन्त्री बादलको लोकप्रियतामा भने कालो ‘बादल’ लाग्न थालेजस्तो देखिएको छ । स्वयं उनका अभिव्यक्ति र गृह मन्त्रालयका कतिपय गतिविधिका कारण बादलको आलोचना शुरू भएको छ । ट्रमा सेन्टरका डाक्टरको अपहरण शैलीमा गरिएको केरकार या राष्ट्रसंघको प्रमाणिकरणमा अयोग्य ठहरिएका लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको घटना, यस्ता गतिविधिले बादलको लोकप्रियताको पारो क्रमश घट्दै छ ।
पूजीँवादका कारण बलात्कार !
भद्र स्वभावका गृहमन्त्री बादलका पछिल्ला केही अभिव्यक्ति भने अत्यन्त हल्काफुल्का र हास्यास्पद् देखिएका छन् । जस्तो कि बादलले मंगलवार राष्ट्रियसभा र बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा नेपालमाभन्दा धेरै बलात्कार अमेरिकामा हुन्छ, भने ।
त्यतिमात्र होइन उनले पूजीँवादका कारण बलात्कारको घटना बढेको बताए । ‘पूँजीवादले महिलालाई नाफा कमाउने साधनका रूपमा बिक्री गर्छ,’ गृहमन्त्री थापाले भने, ‘पूँजीवाद भएका ठाउँमा बलात्कारका घटना र वेश्यावृत्ति हुन्छ । अमेरिकामा पनि रेप हुन्छ, हत्याकाण्ड हुन्छ र भारतमा पनि ।’
तीन दशकभन्दा पहिले रुसमा पढेका बादलमा त्यो बेलाको पूँजीवादको परिभाषा सोभियत संघ ढल्दा समेत गएको रहेनछ । बलात्कार जस्तो अमानवीय विषयलाई पूँजीवाद र समाजवाद भनेर देशको गृहमन्त्री उम्कन मिल्छ ? प्रतिपक्ष लाचार छ, अन्यथा देशको गृहमन्त्रीले यस्तो हल्काफुल्का टिप्पणी गर्दा जवाफ माग्नुपर्ने थियो ।
केही वर्ष पहिले त्यही राज्य व्यवस्था समितिको हलमा तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले ‘त्यो भूकम्प उतै अमेरिका तिर आओस्’ भनेर टिप्पणी गरे । जतिबेला तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई अमेरिका भ्रमणमा थिए । पूर्वी नेपालमा गएको भूकम्पको विषयमा राज्य व्यवस्था समितिमा छलफल थियो र गृहमन्त्री गच्छदार समितिमा उपस्थित थिए ।
भोलिपल्ट डा. प्रकाशचन्द्र लोहनीले संसदमा प्रश्न सोधे– ‘सम्माननीय प्रधानमन्त्री अमेरिका भ्रमणमा रहेको समयमा यता उपप्रधानमन्त्रीले उतै भूकम्प जाओस्’ भन्नुको अर्थ के लाग्छ ? राज्य व्यवस्था समितिमै तत्कालीन माओवादी सांसद स्व. हरि खेवा लिम्बुले समेत गृहमन्त्रीको हल्का अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
रुसमा अध्ययन गरेका वामपन्थी नेता बादललाई पूजीँवादप्रति वितिष्णा हुनु कुनै अस्वभाविक भएन, तर देशको गृहमन्त्रीको हैसियतमा उनले यसो भन्न पाउँदैनन् । कुनै बेला जनवादी क्रान्ति गर्न भन्दै बन्दुक बोकेका बादलहरू राजनीतिक सहमति या समर्पण गरेर त्यही पुरानै संसदीय व्यवस्थामा आइपुगे ।
गृहमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादाको समेत विपरीत छ । कुनै देशमा बलात्कारजस्तो घटना बढी छ भनेर जिम्मेवार मन्त्रीले बोल्दा कूटनीतिमा कस्तो असर पर्छ होला ? उनले ख्याल गरेनन् । यदि बादलले दाबी गरेजस्तै बलात्कारका घटना अमेरिकामा हुन्छन् भने त्यो प्रतिवेदनलाई कोट गर्नुपर्छ ।
‘फलाना देशमा भनेर गृहमन्त्रीले भन्न सुहाउँदैन, अन्य देश भनेरभन्दा फरक पर्दैन, देशको नामै तोकेर बोल्दा भोलि राजदूतले प्रश्न गरेमा के जवाफ दिने ?’ कूटनीतिक मामिलामा दख्खल राख्ने एक विश्लेषकले लोकान्तरसँग भने ।
संख्यात्मक रूपमा अमेरिकामा धेरै बलात्कारका घटना भएपनि नेपालसँग तुलना हुन नसक्ने उनी बताउँछन् ।
‘भेडालाई भेडाको सिङ भारी, बाख्रालाई बाख्राकै सिङ भारी भनेजस्तै ठूलो जनसंख्या भएको देशमा हुने गरेको त्यसखालका अपराधलाई नेपालसँग जोड्नु पटक्कै मिल्दैन,’ उनको कथन छ ।
परस्परविरोधी अभिव्यक्ति
कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर गृहमन्त्री बादलले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पटक–पटक जवाफ दिएका छन् । तर गृहमन्त्रीको जवाफप्रति सांसदहरू सन्तुष्ट देखिँदैनन् । बुधवार त कांग्रेस सचेतक पुष्पा भुसालले गृहमन्त्री थापाको राजीनामै मागिन् ।
प्रहरीले भदौ ४ गते निर्मला पन्तको हत्यामा संलग्न रहेको भनेर दिलिप विष्टलाई सार्वजनिक गर्यो । सञ्चार माध्यम लगायत स्थानीयले विष्ट वास्तविक दोषी नभएको भन्दै आन्दोलन चर्काए । तर गृहमन्त्री थापाले पक्राउ परेका व्यक्ति नै दोषी भएको प्रतिक्रिया दिए । गृहमन्त्रीको अभिव्यक्तिको केही समयमै विष्ट साधारण तारेखमा रिहा भए ।
बिहीवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा गृहमन्त्री थापाले निर्मलाका बुवा भारतबाट फर्किएको भन्दा एक दिनअगावै मुचुल्कामा औंठा छाप गराएको भेटियो भनेर जानकारी दिए । उपस्थित नै नभएका व्यक्तिको किर्ते हस्ताक्षर गरिएको उनको संकेत थियो । गृहमन्त्रीको यी दुई अभिव्यक्तिमा विरोधाभाष छ । गृहमन्त्री थापालाई समेत यस विषयमा गुमराहमा पारेको देखिन्छ । गृहमन्त्रीले हचुवाको भरमा बोल्न मिल्दैन ।
बुधवार राष्ट्रियसभामा गरेको सम्बोधनमा गृहमन्त्री बहकिएर बोलेको जस्तो देखियो । यस्ता गम्भीर विषयमा अन्टसन्ट मौखिक बोल्नुभन्दा लिखित र तथ्यपूर्ण कुरा गर्नु उपयुक्त हुन्थ्यो ।
संसदमा बोलिएका कुरा ऋषि धमलाको क्लबमा बोलिएकोजस्तो होइन, रेकर्ड हुन्छन् र इतिहास बन्छन् । बुधवार गृहमन्त्रीले बर्दियामा उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउँदा पक्राउ परी हिरासतमा मृत्यु भएका राममनोहर यादवको मृत्युका सम्बन्धमा पनि हल्का जवाफ दिए– कहिले ब्रेन हेमरेज त कहिले हर्ट अट्याक भनेर ।
जुन विषयलाई लिएर मधेशकेन्द्रित एउटा दलले संसदीय छानबिनको माग गरिरहेको छ, हिरासतमा मृत्यु भएको विषयमा गृहमन्त्रीको यस किसिमको हल्का जवाफ अपेक्षित थिएन । चाहे सीके राउतकै कार्यकर्ता किन नहुन्, हिरासतमा बन्दीको मृत्यु असामान्य घटना हो । विगतमा माओवादी सशस्त्र द्वन्दका क्रममा भएका त्यस प्रकारका हत्या र यातनाको विषयले अहिले पनि ‘हेग’को त्रासले सताउन छाडेको छैन, राज्य र विद्रोही दुवैलाई ।
पूजीँवादलाई देखाएर बलात्कारका घटना बढेको भन्ने गृहमन्त्रीको जवाफ उचित हुनै सक्दैन । बलात्कार जस्तो जघन्य अपराधलाई पूजीँवादको उपज देख्ने दोषी चस्मा गृहमन्त्रीले फ्याँक्नु पर्छ ।
पढ्नुस् यो पनि :
सिंहदरवारमा बादलको चुपचाप क्रान्ति
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...