कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं – ‘रेबिजबारे जनचेतना फैलाऔं, अमूल्य जीवन बचाऔं’ भन्ने नाराका साथ शुक्रवार विश्व रेबिज दिवस मनाइँदै छ । रेबिजले मानिसमा पार्ने प्रभावको जानकारी दिन र जोखिममा रहेकालाई रोकथामका बारेमा सचेत गराउन हरेक वर्ष सेप्टेम्बर २८ को दिनलाई विश्व रेबिज दिवसको रूपमा मनाइँदै आएको छ ।
नेपालमा पनि दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्यसँग सम्बन्धित संघसस्थाहरूले सचेतनाका कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
रेबिज रोग लाइसा नामक स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइरसले गर्दा लाग्ने गर्छ । आरएनए भाइरस संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै मानिनको शरीरभित्र प्रवेश गरी स्नायु नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ । आरएनए भाइरसबाट संक्रमित जनावरले मानिसलाई टोक्दा त्यसको र्यालको माध्यमबाट मानिसमा रेबिज सर्छ ।
रेबिज रोगीमा यस्ता लक्षण देखिन्छन् :
पानी र हावादेखि डराउने ।
अत्यधिक उत्तेजित व्यवहार गर्ने ।
ज्वरो आउने ।
घाउ भएको स्थानमा दुख्ने ।
झम्झमाउने ।
घोचे, पोलेजस्तो हुने ।
इरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु नसाहरू सुन्निने ।
यी लक्षण देखिएमा मानिसमा रेबिज रोग लागेको हुनसक्छ । चिकित्सकका अनुसार रेबिज रोग लागेको व्यक्तिको माथि उल्लेखित लक्षण देखिएको ७ दिनभित्रमा मृत्यु हुन सक्छ ।
१० वर्षमा ४ सयभन्दा बढीको मृत्यु
नेपालमा रेबिज रोगका कारण दश वर्षको अवधिमा ४ सय ८२ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको आर्थिक वर्ष २०६५/६६ देखि २०७४/७५ को तथ्यांकको अनुसार नेपालमा दश वर्षमा ४ सय ८२ जनाको मृत्यु भएको हो ।
दश वर्षको तथ्यांकलाई हेर्दा मृत्यु हुनेको संख्या आर्थिक वर्ष २०६५/६६ सबैभन्दा बढी छ । उक्त वर्षमा ९७ जनाको मृत्यु भएको थियो भने अािर्थक वर्ष २०७२/७३ सबैभन्दा कम ६ जनाको मृत्यु भयो ।
दश वर्षको अवधिमा पछिल्ला ८ वर्षसम्म रेबिजका कारण मृत्यु हुनेको संख्या घटेकोमा विगत दुई वर्षमा भने मृतकको संख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७३/६४ मा रेबिज रोगबाट ८ जनाको मृत्यु भएकोमा गत आर्थिक वर्षमा ३२ जनाले रेबिज रोगका कारण ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी त्रास कुकुरको
नेपालमा जंगली जनावर स्याल, कुकुर, बिरालो, चितुवा लगायतका स्तनधारी तथा मांसाहारी जनावरले टोक्दा उनीहरूमा भएको रेबिजको भाइरस मानिसमा सर्छ ।
महाशाखाको तथ्यांकका अनुसार दश वर्षको अवधिमा २ लाख ७७ हजार ४ सय ६१ जनालाई जनावरले टोकेको छ । जसमा कुकुरको टोकाइबाट बढी पीडित छन् । दश वर्षमा २ लाख ५२ हजार २ सय ९७ जनालाई कुकुर र २५
हजार १ सय ६८ जनालाई अन्य जनावरले टोकेको तथ्यांक छ ।
रेबिजको सचेतना र भ्याक्सिनमा वर्षिक ७ करोड खर्च
नेपालमा तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या देखिएकोमा नेपालको आधा जनसंख्या यो रोगको उच्च रोखिममा रहेको र एक चौथाई नेपालीहरू मध्यम जोखिममा रहेका छन् । रेबिज लागिसकेपछि यसको उपचार सम्भव नभएकाले रोग लाग्नै नदिनु उत्तम हुन्छ । सरकारले सचेतनाका कार्यक्रम तथा जनावरको टोकाइबाट रेबिज रोग लाग्न नदिन रेबिजविरुद्धको भ्याक्सिन निशुल्क व्यवस्था गरेको छ ।
सरकारले सचेतना र भ्याक्सिन खरिदमा वार्षिक ७ देखि १० करोडसम्म खर्चिने गरेको महाशाखाका उपस्वास्थ्य प्रशासक डा. समीर अधिकारीले जानकारी दिए ।
जनावारले टोकेको व्यक्तिलाई रेबिजको संक्रमण हुनबाट बचाउन एन्टी रेबिज भ्याक्सिन लगाइन्छ । जनावरले टोकेमा समयमै रेबिजविरुद्धको भ्याक्सिन लगाएमा यो रोगबाट बच्च सकिने डा. अधिकारीले बताए ।
दश वर्षको अवधिमा २२ लाख १९ हजार ७ सय १ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।
यस्तो छ १० वर्षको तथ्यांक
जनावरको टोकाइलाई सामान्य सम्झिँदा मृत्यु
जनावरले टोक्दा ठूलो घाउ भएमात्रै अस्पताल जाने नेपालीको बानीले गर्दा रेबिजबाट मानिसको मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा. सन्तोषानन्द झाका अनुसार जनावरले टोकेर सानो घाउ हुँदा उपचार नगराउने बानीका कारण रेबिज रोगले मानिसको ज्यान लिने गरेको छ ।
‘मानिसहरू जनावरले टोक्दा ठूलो घाउ भएमा मात्र अस्पताल जाने बानी अझै छ,’ डा. झाले लोकान्तरसँग भने, ‘जब रेबिजले मस्तिष्कमा असर गरेर लक्षणहरू देखिन थाल्छ अनि मात्रै अस्पतालमा पुग्दा मानिसको मृत्यु हुने गर्छ ।’
रेबिजका कारण मृत्यु हुनेमा सबैभन्दा बढी सानो घाउ भनेर बेवास्ता गर्नेहरू रहेको उनी बताउँछन् ।
‘रेबिज लागिसकेपछि यसको उपचार सम्भव छैन, त्यसैले जनावरले टोकेमा रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्ने हुन्छ, रोग लाग्नुअघि मात्रै यसको रोकथाम सम्भव छ,’ डा. झाले भने, ‘तर मानिसहरू सानो घाउ त हो भनेर उपचार गर्दैनन्, रेबिजविरुद्धको सुइ पूरा मात्रामा नलगाउँदा अकालमा ज्यान गुमाउँछन् ।’
रेबिज लागिसकेपछि यसको उपचार सम्भव नभएकाले जनावरले टोकिहालेमा सानो ठूलो जस्तो घाउ भएपनि स्वास्थ्य संस्थामा जान उनको सुझाव छ ।
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...