×

NMB BANK
NIC ASIA

प्रसूति गृहमा पेइङ सेवातर्फ आकर्षण : सेवाग्राहीलाई लाइन बस्नु नपर्ने, डाक्टरलाई अतिरिक्त आम्दानी

असोज १८, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं –भक्तपुरको ठिमीमा बस्दै आएकी काभ्रेकी रेनुका गिरी गर्भवती भएको ८ महिना पुग्यो । गिरी शुरूमा आफ्नो गर्भ जँचाउन धुलिखेल अस्पताल पुग्थिन् । गर्भजाँचका लागि अस्पतालमा जान दिनभरीको समय छुट्याउनु पर्थ्यो ।

Muktinath Bank

गिरीलाई एक आफन्तले थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालमा पेइङ सेवामार्फत् छिट्टै जँचाउन पाइन्छ भन्ने जानकारी दिए । त्यसपछि थापाथली आएकी उनले प्रसूति गृहमा पेइङ सेवामार्फत् समयमै गर्भजाँच गराउन पाएको लोकान्तरलाई बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पेइङ सेवाबाट जाँच गराउँदा दिनभरी लाइन बस्नुपरेको छैन । अहिले समेत दुई पटक आएँ,’ बुधवार अस्पतालमा भेटिएकी गिरीले लोकान्तरसँग भनिन्, ‘घरको काम सकेर सेवा शुरू हुने सयममा आउँछु, धेरै कुर्नुपरे आदि घण्टा मात्रै हो । पेइङ सेवाले सजिलो भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

काठमाडौंमै बस्दै आएकी झापाकी कौशिला भट्टराई पनि बुधबार पेइङ सेवामार्फत् गर्भजाँच गराउन आएकी थिइन् । पेइङ सेवामा लाइन बस्न नपर्ने भएपछि आफूलाई सहज भएको भट्टराई बताउँछिन् ।

Vianet communication

‘पहिलो पटक असारमा आएको थिएँ, त्यतिबेला ४ घण्टा लाइनमा बस्नुपर्‍यो । निकै गाह्रो भयो दिनभरी लाइनमा बस्दा,’ उनले भनिन्, ‘यहाँ ३ बजेपछि पेइङ सेवा हुन्छ भन्ने थाहा पाएर यहीँ आउन थालेको छु । अहिले लाइन बस्नुपर्दैन । सेवा पनि उही डाक्टरले दिने हो । समयको एकदमै बचत हुन्छ ।’

गिरी र भट्टराई जस्तै धेरै महिला लाइन बस्न झन्झटिलो हुने भन्दै प्रसूति गृहमा रहेको पेइङ सेवाबाट स्वास्थ्य जाँच गराउन थालेका छन् । आफ्नो काममा व्यस्त हुनेहरूले पेइङ सेवाबाट आफूले भनेको समय र चाहेको चिकित्सकसँग उपचार सेवा लिन पाउँछन् । समयको बचत हुने भएकाले महिलाहरू अस्पतालको जनरल सेवामाभन्दा पेइङ सेवामा आकर्षित बनेका हुन् ।

अस्पतालले वि.सं. २०७२ साल भाद्र १ गतेदेखि पेइङ सेवा शुरू गरको थियो ।  अस्पतालले पेइङ सेवा बिहान ९ बजेअघि र दिउँसो ३ बजेपछि सञ्चालन गर्ने गरेको छ ।

बिरामीले अस्पतालको पेइङ सेवा लिनका लागि ४ सय ५० रुपैयाँको टिकट लिनुपर्ने हुन्छ । स्वास्थ्य परीक्षणपछि आवश्यक पर्न सक्ने ल्याब, भिडियो एक्सरे, इसीजी सेवामा पनि जनरल ओपीडीको भन्दा केही बढी शुल्क लाग्ने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए ।

अस्पतालमा पेइङ सेवा बिरामी र डाक्टर दुवैका लागि लाभदायी बनेको छ । अस्पतालले तीन वर्षअघि शुरू गरेको विस्तारित अस्पताल सेवा अर्थात् पेइङ सेवा प्रभावकारी बन्दै गएको अस्पतालका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् ।

‘हाम्रो अस्पतालको आकर्षक सेवा भनेको पेइङ सेवा हो । बिरामीले न्युनतम शुल्कमा ३ बजेपछि आफूले रोजेको चिकित्ससँग स्वास्थ्य परीक्षण, अप्रेसन गर्न पाउँछन्,’ निर्देशक डा. गौतमले लोकान्तरसँग भने, ‘अन्य सरकारी अस्पतालमा ओपीडी सेवा मात्रै छ, तर हाम्रोमा पेइङ सेवा प्रभावकारी रूपमा चलिरहेको छ ।’

अस्पतालमै पेइङ सेवा शुरू भएपछि प्रसूति गृहका चिकित्सकहरू आफ्नो अतिरिक्त समयमा निजी अस्पताल तथा क्लिनिक जान छाडेर अस्पतालमै आउने बिरामीलाई सेवा दिन थालेका छन् ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यपक डा. गेहनाथ बरालले अस्पतालमा पेइङ सेवा शुरू भएपछि निजी अस्पतालमा जान छाडेको  बताए । 

‘म पनि पहिला यहाँको ड्युटी सकेर निजी क्लिनिकमा जान्थेँ । यहाँ पेइङ सेवा शुरू भएपछि मैले निजी क्लिनीकमा जान छाडेको छु,’ डा. बरालले भने, ‘निजीमा भन्दा त कम पैसा आउँछ, यहाँ तर टीममा काम गर्दा सहज पनि छ ।’

सरकारी अस्पतालमा पेइङ सेवा हुँदा बिरामीलाई निजी अस्पतालमा महंगोमा उपचार गर्नु नपर्ने र चिकित्सकहरूले पनि आफ्नो फुर्सदको समयमा आफ्नै अस्पतालमा सेवा दिन सक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x