मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं – शरीरमा किसिमका ब्याक्टेरियाका कारण हुने संक्रमणबाट बच्न एन्टीबायोटिकको प्रयोग गरिन्छ । एन्टीबायोटिकले शरीरमा हुने ब्याक्टेरिया नष्ट गर्छ र हाम्रो शरीरलाई रोगबाट बचाउँछ ।
आजभन्दा ५० वर्षअगाडि एन्टीबायोटिक थिएन । त्यतिबेला विभिन्न किसिमका संक्रमणले पनि मानिसहरू लामो समय बिरामी हुन्थे र अकालमै ज्यान समेत गुमाउन पर्थ्यो । सन् १९४१ एलेक्जेन्डर फ्लेमिङले एक किसिमको ढुसीबाट पेनिसिलिन नामक एन्टीबायोटिक औषधि पत्ता लगाएका थिए । यसको प्रयोग सन् १९४३ बाट भएको हो । एन्टीबायोटिकको विकासले औषधिको प्रयोगबाट मानिसहरू निको हुन थाले ।
अहिले एन्टीबायोटिकको प्रयोग निकै बढेको छ । मानिसहरू रोग पहिचान गर्न भन्दा पनि छिटो निको हुने चाहनामा एन्टीबायोटिकको गलत प्रयोग गरिरहेको चिकित्सकहरू बताउँछन् ।
एन्टीबायोटिकको गलत प्रयोगका कारण यसको ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमतामा ह्रास हुँदै गएको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का क्लिनिकल फर्माकोलोजी विभागका सहप्राध्यपक डा. सतीश देवले बताए ।
‘एन्टीबायोटिकको गलत प्रयोगका कारण एन्टीबायोटिकले शरीरमा भएको संक्रमण नष्ट गर्ने क्षमता घटाउँदै गएको छ,’ डा. देवले लोकान्तरसँग भने, ‘हाम्रो शरीरमा भएको ब्याक्टेरिया एन्टीबायोटिक भन्दा बलियो हुँदैछन्, ब्याक्टेरियाले एन्टीबायोटिकविरुद्ध लड्ने क्षमता विकास गरेको छ, त्यसैले अबको तीस वर्षपछि एन्टीबायोटिकले काम गर्न छाड्ने अवस्थामा आउँदै छ ।’
यसकारण बढ्दैछ एन्टीबायोटिकको दुरुप्रयोग
एन्टीबायोटिकलाई चिकित्सकको सिफारिसविना प्रयोग गर्न निषेध गरिएको छ । तर नेपालमा जथाभावी रूपमा एन्टीबायोटिकको प्रयोग बढ्दै गएको छ । सामान्य रुघाखोकी लागेको अवस्थामा समेत मानिसहरू चिकित्सककोमा नगई फार्मेसीमा गएर एन्टीबायोटिक खाने गरेको पाइन्छ । जनचेतनाको अभावका कारण एन्टीबायोटिकको दुरूपयोग बढी भएको डा. देव बताउँछन् ।
डा. देवका अनुसार कुनै पनि ब्याक्टेरियन संक्रमण छ भने मात्रै सही मात्रामा एन्टीबायोटिकको प्रयोग गर्नुपर्छ । एन्टीबायोटिकको दुरूपयोगले निम्त्याउने घटना निकै भयानक हुनसक्ने भएकाले सरकारले समयमै यसको गम्भीरतालाई ध्यानमा राखेर नीति नियम प्रभावकारी रूपमा कार्यन्वयनमा ल्याउनुपर्ने डा. देवको भनाइ छ ।
‘सरकारले एन्टीबायोटिकको गलत प्रयोगलाई कन्ट्रोल गर्नुपर्छ, सामान्य नागरिकलाई मात्रै होइन, चिकित्सकहरूलाई पनि एन्टीबायोटिकको विषयमा राम्रोसँग जानकारी दिन आवश्यक छ,’ डा. देवले भने, ‘स्वास्थ्यकर्मीहरूले पनि यसको गम्भीरतालाई नबुझ्दा एन्टीबायोटिकको गलत प्रयोग बढेको हो ।’
कार्ययोजना बनाउँदै सरकार
एन्टीबायोटिकको गलत प्रयोगलाई कम गर्न विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान बनाएको छ । विश्व स्वास्थ्य संगठनको योजनाभित्र रहेर नेपालले पनि एन्टीबायोटिकको गलत प्रयोग हुन नदिन राष्ट्रिय कार्ययोजना बनाउँदैछ ।
नेपालले एन्टीबायोटिकको सही प्रयोगका लागि मुख्य ४ वटा विषयलाई प्राथमिकतामा राखेको छ । नेपालले जनचेतनाको अभावका कारण एन्टीबायोटिकको गलत प्रयोग बढेको भन्दै जनचेतनाका कार्यक्रमलाई पहिलो प्रथामिकतामा राखेको छ ।
सरकारले एन्टीबायोटिक चिकित्सकको सल्लाह विना खान नहुने, पुरा मात्रामा खानुपर्ने तथा बाँकी रहेको एन्टीबायोटिक प्रयोग गर्न नहुने भनेर जानकारी दिन कार्ययोजना समेत बनाइसकेको छ । तर यसको कार्यन्वयन भने भइसकेको छैन ।
सरकारले बनाएको योजना कार्यन्वयनमा गएमा एन्टीबायोटिकको गलत प्रयोगलाई कम गर्न सकिने डा. देव बताउँछन् ।
‘एन्टीबायोटिकको गलत प्रयोगले संसारभर विकराल समस्या ल्याउनेवाला छ, यो समस्याबाट जोगिनका लागि कसैको एक्लो प्रयासले मात्रै सम्भव छैन,’ डा. देव भन्छन्, ‘हामी सबैजना मिलेर एन्टीबायोटिकको गलत प्रयोग गर्न र गर्न दिनुहुँदैन ।’
एन्टीबायोटिकको गलत प्रयोगलाई रोक्नका लागि विगत चार वर्षदेखि आफूहरू लागिरहेको डा. देवले बताए ।
उनले भने, ‘हामीले एन्टीबायोटिकको गलत प्रयोगलाई रोक्नका लागि मेडिकल क्षेत्रका विद्यार्थीहरूको सक्रियतामा अलाइन्स् अगेन्स् एन्टीबायोटिक रजिस्टेन्स (एएमआरको) ग्रुप बनाएका छौं,’ डा. देवले भने, ‘यो ग्रुपले विभिन्न ठाउँमा एन्टीबायोटिको जथाभावी प्रयोग नगरौं भनेर जनचेतनाको कार्यक्रम गर्ने तयारी गरेका छौं ।’
ग्रुपमा रहेका विभिन्न मेडिकल कलेज तथा नर्सिङ क्याम्पसका विद्यार्थीहरूले अन्य विद्यालयमा एन्टीबायोटिकको सही प्रयोगका लागि सचेतनाका कार्यक्रम गर्ने उद्देश्य लिएको डा. देवले बताए ।
यसरी सम्भव छ एन्टीबायोटिकको सही प्रयोग
चिकित्सकको सल्लाह लिएर मात्रै एन्टीबायोटिकको प्रयोग गर्ने ।
बाँकी रहेको वा एउटाले प्रयोग गरेर खेर गएका एन्टीबायोटिक प्रयोग नगर्ने ।
चिकित्सकले सिफारिस गरेको एन्टीबायोटिक पूरा मात्रामा खाने ।
ब्याक्टेरियाको संक्रमणमा मात्रै खानुपर्छ, भाइरल समस्यामा एन्टीबायोटिकको प्रयोग गर्नुहुँदैन ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...