मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले रोमाञ्चक जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध १ रनको रोमाञ्चक जीत दर्ता गरेको हो ।
अन्तिम बलसम्म पुगेको खेलमा हैदराबादले राजस्थानलाई १ रनले पराजित गर्यो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रन आवश्यकता थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो ।
अन्तिम ओभर बलिङ गर्न भुवनेश्वर कुमार आएका थिए । उनको पहिलो बलमा रविचन्द्रण आश्विनले १ रन लिए । दोस्रो बलमा रोभमन पावेलले २ रन लिए भने तेस्रो बलमा उनले चौका प्रहार गरे ।
चौथो बलमा पनि पावेलले २ रन लिए । हैदराबादका लागि रनआउटको अवसर भए पनि पावेक २ रन लिन सफल रहे । अन्तिम बलमा २ रन चाहिएकोमा पावेललाई कुमारले एलबीडब्लूमा फसाएपछि हैदराबाद १ रनले विजयी भएको हो ।
राजस्थानका रियान परागले ४९ बलमा सर्वाधिक ७७ रन बनाए । यस्तै यशस्वी जैसवालले ४० बलमा ६७ रन जोडे ।
हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनले २-२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।
जितपछि हैदराबाद १० खेलमा १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंकसहित शीर्ष स्थानमा यथावत छ ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । साहसिक खेल ‘रक क्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...